हलो क्रान्तिका नायक पण्डित तोयनाथ अधिकारीको शालिक शिलान्यास

लमजुङ – हलो क्रान्तिका नायक स्वर्गीय पण्डित तोयनाथ अधिकारीको शालिक शिलान्यास गरिएको छ । ७२ औँ हलो क्रान्ति दिवसको अवसरमा सोमवार लमजुङको सुन्दरबजार नगरपालिका ४ दुराडाँडा अर्चल्यानीमा रहेको ऐतिहासिक हलो क्रान्ति स्थल बाटेगरामा हलो क्रान्तिका नायक अधिकारीको शालिक शिलान्यास गरिएको हो । हलो क्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानको पहलमा बाटेगरामा हलो क्रान्तिका नेतृत्वकर्ता पण्डित तोयानाथ अधिकारीले हलो जोत्दै गरेको शालिकको शिलान्यास गरिएको प्रतिष्ठानका अध्यक्ष दीपक पौडेलले जानकारी दिनुभयो । नेपाली कांग्...