सेनाको काँडेतार पन्छाएर खुला भयो भक्तपुरको रानीपोखरी

२२ फागुन, काठमाडौं । २ माघ २०७२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पबाट क्षतिग्रस्त भएको काठमाडौंको ‘रानीपोखरी’ शिलान्यास गरिरहँदा भक्तपुरको ऐतिहासिक ‘रानीपोखरी’ सेनाको काँडेतारभित्र थियो । काठमाडौंको रानीपोखरीभन्दा करिब ४० वर्ष पुरानो भएपनि सर्वसाधारणको पहुँचमा नभएकाले धेरैलाई भक्तपुरको रानीपोखरीबारे अत्तोपत्तो थिएन । सैन्य गस्ती हुने इलाकाभित्र रहेको रानीपोखरी पुनर्निर्माणबारे सरकारको मात्रै होइन, भक्तपुर नगरपालिकालाई पनि चासो […]