चाँगुनारायण अस्पतालका तीन चिकित्सकले दिए राजीनामा

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित चाँगुनारायण अस्पतालका तीन चिकित्सकले बुधबार राजीनामा दिएका छन्।नगरपालिकाले अस्पताललाई कोभिड अस्पतालमा परिणत गर्ने निर्णय गरेसँगै उनीहरूले राजिनामा दिएका हुन्। राजीनामा दिने चिकित्सकहरूमा अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.रञ्जित कुमार दास, डा. सुलभ केसी र डा. जिवेश बास्तोला हुन्।अस्पतालमा करारमा नियुक्त भएका उनीहरूले राजीनामा दिएपछि अस्पताल चिकित्सकविहीन भएको बताइएको छ। कोरोना महामारीका बेला चिकित्सकहरूलाई राजीनामा नगर्न आग्रह गरे पनि तीनै ज