अर्थ व्यवस्थामा नीति होइन, नियत आवश्यक

नीति, सिद्धान्त आदि अर्थतन्त्रको पनि जग मानिन्छ । तर, नियत सही भएन भने यो थला पर्छ र विकृति जन्मिन्छ, जसलाई नीतिगत भ्रष्टाचार भनिन्छ । नेपाल नीतिगत भ्रष्टाचार चरममा पुग्दै छ । विदेशी मुुद्रा सञ्चिति कम हुँदै गएको छ । बीबीसीको एक रिपोर्टअनुसार फेब्रुअरीको मध्यबाट नेपालको विदेशी मुद्रा सञ्चिति १६ प्रतिशतभन्दा बढी घटेको छ । विप्रेषणमा ५ प्रतिशतले कमी आएको छ । विदेशी मुद्रा सञ्चिति बचाउन कार, सुनजस्ता महँगा वस्तुको आयातमा प्रतिबन्ध लगाइएको छ भने गैरआवश्यक केही वस्तु उच्च राजनीतिक दबाबका कारण खुला नै राखिएको छ । हाल नेपालको कुल गार्हस्थ्य उत्पादनको करीब ४३ प्रतिशत सरकारी ऋण रहेको तथ्यांकले देखाउँछ । यस अवस्थामा पूँजीगत खर्च विगत वर्षहरूझै निराशाजनक नै छ । आईएमएफको २०२१ को प्रतिवेदनअनुसार नेपालमा आर्थिक वृद्धिदर सन् २०२० सम्म १ दशमलव ९ प्रतिशत (नकारात्मक) रह्यो । सन् २०२१ मा २ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । विगतमा आर्थिक उन्नतिमा नेपालकै करीब समकक्षी मानिने बंगलादेशको वृद्धिदर नेपालको भन्दा निकै बढी छ । जलविद्युत् र पर्यटनलाई मात्रै समुचित विकास गर्न सके नेपालको विदेशी मुद्रा सञ्चिति र निर्यात स्वतः वृद्धि हुन्छ । जलविद्युत्को कुल सम्भावित उत्पादन क्षमताको १ दशमलव ५ प्रतिशत मात्र उत्पादन गर्न सकिएको छ भने कुल खेतीयोग्य जमीनको ५६ प्रतिशत भूमिमा मात्र सिँचाइ सुविधा पुर्‍याउन सकिएको छ । केन्द्रीय तथ्यांक विभागको सन् २०२१ को गणना अनुसार सन् २०११/१२ देखि २०२०/२१ सम्म राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान बढी छ । नेपालले सन् २०१७/१८ मा पर्यटन उद्योगबाट करीब रू. ६७ अर्ब आय आर्जन गर्न सफल भयो, जुन कुल वस्तु निर्यातमार्फत आर्जित विदेशी मुद्राको करीब ७१ प्रतिशत हुन आउँछ । नेपालमा आर्थिक विकासको क्षमता त भरपूर छ तर इच्छा र तत्परता अभाव छ । यहाँ इच्छा र तत्परताको अभावलाई विकास नचाहने नियत भनी बुझ्न सकिन्छ । कृषिप्रधान भनेर चिनिने नेपालमा कृषि उपेक्षित छ । औद्योगिक कच्चा तथा अर्धतयारी वस्तुका साथ अन्न र भान्सा सामग्रीमा समेत भारत र अन्य मुलुकमाथि निर्भर हुनु परेको छ । भूमिमा दोहोरो स्वामित्व हुनु, बैंक तथा वित्तीय संस्थाहरूको कुल ऋणप्रवाहको ७ दशमलव ६ प्रतिशत मात्र उत्पादनमूलक कृषिक्षेत्रमा जानुु, वर्षौंदेखिको कृषि क्षेत्रमा मल बीउबिजन र प्रविधिको अभाव हुनु आदिले कुनै समयमा कुल गार्हस्थ्य उत्पादनमा ९० प्रतिशत योगदान गर्ने कृषि अहिले लगभग २६ प्रतिशतमा सीमित हुन पुगेको छ । कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्ने नियत र नीति राखिएको भए अर्थतन्त्र निकै सबल हुने थियो । जबसम्म निर्यातलाई प्राथमिकता दिइँदैन तबसम्म अर्थतन्त्र समस्यामा रहिरहन्छ । नीति छ तर कार्यान्वयन छैन र त्यही भएर नियत सही हुनुपर्छ भनिएको हो । आयातमुखी अर्थतन्त्र भएको नेपालमा अन्तिम उपभोग्य र औद्योगिक वस्तु गरी करीब ९० प्रतिशतभन्दा बढी वस्तु भारतबाट आयात भएको पाइन्छ । किसानको अन्न र उब्जनी खेतमै कुहिन्छन् जबकि हाटमा भारतीय तरकारी र चिनियाँ फलफूलको बजार चम्किएको हुन्छ । प्राविधिक र गुणस्तरीय शिक्षाका लागि आज पनि नेपाली विद्यार्थी कर र जटिल प्रक्रिया पूरा गरेर भए पनि विदेशिन्छन् तर खै त विदेशी बच्चा नेपाल पढ्न भित्रिएको ? सबैमा विदेशी मुद्राको व्यय मात्र भएको छ । एकातिर नेपाली चिनी मिल आफ्नो चिनी बिकेन भनिरहेका छन्, अर्कोतिर बजारमा भारत, सिंगापुर र पाकिस्तानजस्ता मुलुकबाट आयातित चिनी सर्वत्र उपलब्ध हुन्छ । अनि किन चिनी मिल बन्द नहोस् ? अनि उखुखेतीको प्रवर्द्धन कसरी हुन्छ ? सरकारले आयातमा चर्को  शुल्क, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क लगाएको छ । त्यही आयात र ती वस्तुको विक्रीवितरणबाट सरकारले ठूलो कर उठाइरहेको छ । आयातमा विदेशी विनिमय खर्च हुन्छ भने वाणिज्य बैंकहरूले विभिन्न स्वरूपको ब्याज, मार्जिन र सेवाशुल्कहरू कमाएका हुन्छन् । अर्थ मन्त्रालयले कर र राजस्व संकलन गरिरहेको छ । आयात र विक्री वितरणबाट प्राप्त व्यययोग्य आय र बैंक तथा वित्तीय संस्थाहरूको ब्याज र सेवाशुल्क यो सबमा सरकार रमाइरहेको हुन्छ तर कुल गार्हस्थ्य उत्पादन, स्थानीय स्रोत र साधनहरूको उच्चतम व्यावसायिक उपयोग, कुल राष्ट्रिय आय, प्रतिव्यक्ति आय र देशको आत्मनिर्भर बन्ने सपनामा भने यसले गम्भीर असर पारिरहेको हुन्छ । वास्तवमा यहाँको अर्थव्यवस्थाको ढाड आयातको भारले यति निहुरिएको छ कि उत्पादन, उद्योग र निर्यातको नाम मात्रले यो डराएको अनुभूति हुन्छ । जहाँ अर्थतन्त्रको केन्द्र राजनीतिक महत्त्वाकांक्षा हुन जान्छ त्यहाँ आर्थिक क्रान्ति र उन्नति कठिन हुन्छ । राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र केन्द्रीय बैंक आपसी सहकार्य गर्नुको साटो विवादमा फस्छन् । अर्थव्यवस्था सुधार गर्न नियमन र क्रियाशीलत चाहिन्छ । यसो गर्दा नियत भनेको केवल समग्र आर्थिक, सामाजिक र शैक्षिक विकास हुनुपर्छ । आज देखापरेको विदेशी मुद्राका अभाव फितलो अर्थतन्त्रको एक कठोर परिणाम मात्र हो । मूलभूत समस्या त मुलुकले निर्यात गर्न नसक्नु र उच्च चालू खर्च हुनु नै हो । देशका नागरिक बेरोजगारीका कारण विदेशिन्छन् र तिनका विपे्रषणबाट व्यापारीको व्यापार र सरकारको आम्दानी चम्किन्छ । विगत लामो अवधिदेखि अर्थ मन्त्रालयको ध्यानाकर्षण केवल राजस्व संकलनतिर नै रहन गएकाले उद्योगक्षेत्रको समस्या समयमै सम्बोधन हुन सकेन र देश विस्तारै आयातमुखी हुँदै गयो । यसले मुद्रास्फिति बढाउँदै लग्यो । विदेशी मुद्राको सुदृढ स्रोत निर्यात नै हो । यो थाहा हुँदा हुँदै पनि केवल विप्रेषण र वैदेशिक अनुदानमा भर परेकाले राष्ट्रमा विदेशी मुद्राको सञ्चिति कम भएको हो । लेखक नेशनल एकेडमी क्याम्पस, वीरगञ्जमा अर्थशास्त्र अध्यापन गर्छन् ।

सम्बन्धित सामग्री

छानविन समितिले संसदमा बुझाएको प्रतिवेदन अपूर्ण छ: प्रदीप ज्ञवाली

'यो विषयमा अर्थ मन्त्रालय र राजनीतिक नेतृत्व दुवै चुकेको छ। नियत के थियो उहाँहरु नै जान्नुहोस्। प्रशासनको पारदर्शिता हराएको देखियो। अर्थ मन्त्रालयबाट आजसम्म पनि करका दर हेरफेर गर्ने बस्ने कर्मचारीको नाम समेत उपलब्ध गराएन।’...

सम्पादकीय: तातो सम्बन्ध, चिसो संकेत

झट्ट हेर्दा सामान्य देखिए पनि अर्थ–संकेत निकै गहिरो लाग्ने कूटनीतिक नियत (नियति पनि) को एक सन्दर्भ यतिखेर चर्चामा छ, त्यो हो — भारतका लागि नेपाली राजदूतप्रति दर्साइएको व्यवहार । दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा गत वर्ष कात्तिकमा सिफारिसमा परेका थिए, उनले चैतमा मात्रै ‘एग्रिमो’ पाए, र एक महिनाअघि मात्रै उनलाई ओहोदाको प्रमाणपत्र बुझाउने अवसर दिइयो । दिल्ली उत्रिएको तीन महिना हुनै लाग्दा पनि राजदूत शर्माले भारतीय प्रधानमन्त्री र विदेशमन्त्री मात्र होइन, विदेश सचिवसित पनि शिष्टाचार भेट पाउन सकेका छैनन् या त्यसका निम्ति उनलाई समय दिइएको छैन ।

उद्योगीसँगको भेटमा अर्थमन्त्रीले भने : व्यवसायीलाई अप्ठ्यारो पार्ने नियत छैन

२७ जेठ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले व्यवसायीलाई अफ्ठ्यारो पार्ने नियत नभएको बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा पूर्वका उद्योगी, व्यवसायीसँगकाे भेटमा उनले यस्तो बताएका हुन् । अर्थमन्त्री शर्माले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुक भित्रै औद्योगिकरण विस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको बताए । ‘बजेटमार्फत हाम्रो उदेश्य व्यवसायीलाई कतै पनि अप्ठ्यारो पार्न […]

एमालेलाई शक्ति बस्नेतको आग्रह : तपाईंहरूले लोकप्रिय बजेट भन्न आवश्यक छैन

काठमाडौं : प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले बजेटलाई श्रेयको दौड नबनाउन प्रतिपक्षसँग आग्रह गरेका छन्। बुधबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा बोल्दै उनले बजेटलाई श्रेयको दौड बनाइनु नहुने बताए। अर्थमन्त्रीद्वारा प्रस्तुत बजेटका हरेक बुँदाको नियत के हो? भनेर सोध्ने छलफलले कतै नपुगिने बताए। सत्तारूढ दलका सांसद बस्नेतले प्रतिपक्ष दलका सांसदहरुले लाेकप्रिय बजेट भनेर चर्चा गर्नुको अर्थ नरहेको पनि स्पष्ट पारे। उनले उत्पादन वृद्धि, रोजगार अभिवृद्धिसहित आत्मनिर्भर

बोर्डले ब्रोकर छान्ने प्रस्ताव अर्थ मन्त्रालयले मानेन

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) आफैंले सेयर ब्रोकर छान्न पाउने प्रस्ताव अर्थ मन्त्रालयले अस्वीकृत गरेको छ । सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न भएको आरोपमा सरकारले सेबोनका पूर्वअध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेपछि नियमावली संशोधनमा पनि उनको नियत रहेको भन्दै फिर्ता पठाइएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

शेयर कर्जामा सीमा तोक्नुमा गलत नियत छैन : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर कर्जामा सीमा तोक्नुमा कुनै गलत नियत नभएको बताए । राष्ट्र बैंकले शेयर धितो कर्जामा सीमा तोकेपछि शेयर बजार घटेको भनेर टीकाटिप्पणी हुँदै आएको छ । सोमवार नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थ संवाद कार्यक्रममा गभर्नर अधिकारीले समग्र बैंकिङ क्षेत्रलाई व्यवस्थित गर्न शेयर धितो कर्जामा सीमा तोकिएको बताएका हुन् । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा सीमा तोकेको थियो । नयाँ व्यवस्थाअनुसार एक व्यक्तिले एक बैंकबाट ४ करोडसम्म र समग्र बैंकिङ प्रणालीबाट १२ करोडसम्म कर्जा लिन पाउँछन् । यसअघि यस प्रयोजनको कर्जामा कुनै सीमा तोकिएको थिएन । गभर्नर अधिकारीले राष्ट्र बैंक शेयर बजारको नभएर बैंकिङ क्षेत्रको नियामक निकाय भएको बताए । ‘हुन त शेयर धितो कर्जामा कम नै कर्जा प्रवाह भएको छ । तर, बैंकिङ क्षेत्रमा भएको पूँजीलाई सबैतिर परिचालन गर्ने उद्देश्यसहित शेयर धितो कर्जामा सीमा तोकिएको हो,’ उनले भने । साना शेयर लगानीकर्तालाई पनि कर्जाको पहुँचमा ल्याउन यस्तो गरिएको उनको भनाइ छ । तर, यसमा सोचभन्दा फरक टिप्पणी आइरहेको उनले बताए । नेपालीहरूले विलासिताको जीवनयापन गर्दा अर्थतन्त्रमा चाप परेको उनले बताएका छन् । बैंकिङ क्षेत्रबाट प्रवाहित कर्जामध्ये ५० प्रतिशत आयात प्रयोजनकै लागि हुने गरेको उनको भनाइ छ । यस्तैविदेशी मुद्राको सञ्चिति बढाउने गरी राष्ट्र बैंकले काम गरेको र तरलता व्यवस्थापनमा राष्ट्र गम्भीर रहेको उनको भनाइ छ । आर्थिक गतिविधि बढ्दा पछिल्लो समय तरलतामा असर परेको गभर्नर अधिकारीले बताए । गत आवमा बैंकहरूले जथाभावी कर्जा प्रवाह गर्दा पनि तरलता व्यवस्थापनमा समस्या देखिएको उनको भनाइ छ । ‘बैंकहरूले पैसा हुँदा बोलाई बोलाई कर्जा दिए । त्यसबेला उनीहरूले दीर्घकालीन रूपमा सोचेनन्,’ उनले भने, ‘फलस्वरूप अहिले तरलता अभावको समस्या आएको छ ।’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तरलता बढाउन विकास खर्च आवश्यक रहेको बताए । ‘तरलता अभावको समाधान गर्न सरकारले विकास खर्च व्यापक बनाउनुपर्छ । साथै, विकास गर्ने प्रवृत्तिमा पनि सुधार गर्न आवश्यक छ, उनले भने ।

नागरिकता दिने कि बाँड्ने

प्रधानमन्त्री र राष्ट्रपति संगठित भएको अवस्थामा संविधानको अर्थ हुँदो रहेनछ। अध्यादेशबाट राज गर्न पनि पाइने, संविधान पनि सत्तामा टिक्ने आवश्यकता मिलाउन संशोधन गर्दै जान पाइने रहेछ। यसक्रममा नेपाल नागरिकता संशोधन गरिएका हो महन्थ ठाकुर र राजेन्द्र महतोसँगको ...

नेपाल बैङ्कको लाभांश विवाद ओझेलमा, अध्यक्षको राजीनामा गराउने मात्रै नियत

काठमाडौं । लाभांश वितरणमा विवाद भएपछि नेपाल बैङ्कका अध्यक्ष वासुदेव अधिकारीले माघ ५ गते राजीनामा दिए । सञ्चालक समितिबाट पास भएर दोस्रो बजारमा बुक क्लोज भइसकेको तथा साधारणसभाले समेत पारित गरिसकेको लाभांश फिर्ता गर्न अर्थ मन्त्रालयले दबाब दिएपछि अधिकारीले राजीनामाको बाटो रोजेका हुन् । उनको राजीनामा अर्थ मन्त्रालयले ३...

‘सरकार र निजी क्षेत्रको अविस्वासको वातावरण अन्त्य हुन्छ’

अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई नविन सोचले अगाडि बढाउन खोजेको बताएका छन् । नेपाल उद्योग परिसंघले गरेको अन्तरक्रियामा उनले अब पहिलेको जस्तो अविश्वासको वातावरण कायम नरहेको दावी गरे । भन्सार, राजस्व लगायतका मन्त्रालयसँग सम्बन्धित सम्पूर्ण कार्यहरु सहज तरिकाले सम्पादन भई रहेको जनाउँदै उनले कोही कसैले उद्योगी व्यवसायीलाई दुःख दिने नियत […]

जनप्रतिनिधिलाई निजी क्षेत्रको 'नाईट डिनर' अफर  ! के होला असली नियत ?

काठमाडौं । आईतबार कार्यालय प्रवेश गर्ने वित्तिकै काठमाडौं महानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालको हातमा होटल एशोसिएसन नेपालको एउटा पत्र पर्यो । पत्रमा लेखिएको व्यहोरा हेरेपछि उनी एकाएक आक्रोशित बन्न पुगे । 'यी निजी क्षेत्रका प्रतिनिधिहरुले महानगरपालिकाका प्रतिनिधिहरुलाई यसरी भ्रष्ट बनाउछन् ।' उनले आक्रोशित हुँदै थपे । पत्रमा खासै अरु केही पनि लेखिएको थिएन । त्यसमा मात्रै असार २३ गते लाजिम्पाट स्थित शंकर होटलमा साँझ ५ बजे पछिको लागि जनप्रतिनिधिको सम्मान तथा रात्रिभोजको निम्ता गरिएको थियो । उनले जनप्रतिनिधिलाई सम्मान गर्नको लागि दिउँसो नभएर राती नै किन कार्यक्रम राख्ने गरिन्छ ? भन्दै आक्रोश व्यक्त गरे । उनले पाँचबजे कार्यक्रम राख्नुको अर्थ सम्मान गर्ने भन्दा पनि अर्कै रहेको बताए ।