शशांकको 'खुलासा'– संस्थापनइतरबाट कांग्रेस सभापतिको उम्मेदवार डा. शेखर कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आसन्न १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट डा. शेखर कोइराला सभापतिको उम्मेदवार हुने संकेत गरेका छन् । शेखरले आफूलाई कन्भिन्स गर्ने र अरूलाई पनि कन्भिन्स गर्नुपर्ने शशांकको भनाइ छ । सोमवार सर्लाहीको हरिवनमा कांग्रेसका अगुवा कार्यकर्तालाई गरेको सम्बोधनमा महामन्त्री कोइरालाले १४ औं महाधिवेशनमा शेखरलाई समर्थन गर्ने संकेत गरेका हुन् । महामन्त्री कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल एकपटक सभापतिमा लडिसकेको र अर्का आकांक्षी प्रकाशमान सिंहलाई काठमाडौंबाहिर कसैले नचिन्ने टिप्प...