पटकपटक ‘जम्प’ गरेर एआईजी भएका विश्वराज बन्लान् त प्रहरी महानिरीक्षक ?

वैशाख १९ गते ३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री बिदा हुँदैछन् । अवकास पाउनुभन्दा एक महिना पहिले नै बिदामा बस्ने चलन रहे पनि महानिरीक्षक थापा बिदामा बस्न पाएनन् । स्थानीय तहको निर्वाचन मिति नजिकै आएका कारण प्रहरी परिचालन लगायतका काममा असर पर्ने भन्दै सरकारले थापालाई बिदामा बस्न दिएको छैन ।सरकारले बिदामा बस्न नदिए पनि वैशाख १९ गतेपछि उनी अनिवार्य अवकाशमा जाँदैछन् र त्यसपछि प्रहरी संगठनले नयाँ महानिरीक्षक पाउने निश्चित छ । नेपाल प्रहरीको नियमावलीमा प्रहरी अतिरिक्त महान

सम्बन्धित सामग्री

प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

काठमाडौं– प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर अष्ट्रियाको भियनामा सम्पन्न इन्टरपोलको ९१ औं महासभामा सहभागी भई बिहीबार स्वदेश फर्किएका छन् ।  अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा मंसिर १२ देखि १५ गतेसम्म सञ्चालित उक्त महासभामा प्रहरी महानिरीक्षक कुँवरसँगै सहभागी भई इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरासहितको टोलीसमेत स्वदेश फिर्ता भएको हो ।  उक्त टोलीलाई […]

इन्टरपोलको महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक अष्ट्रिया प्रस्थान

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर मङ्सिर १२ देखि १५ गतेसम्म सञ्चालन हुने इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन अष्ट्रिया प्रस्थान गर्नुभएको छ । इन्टरपोल महासचिवालयको आयोजनामा हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो । राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसिबी) नेपालका प्रमुखसमेत रहनुभएका प्रहरी महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख …

प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ : प्रहरी महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मीका विभिन्न भवनको उद्घाटन गर्नुभएको छ । बिहीबार एक कार्यक्रमबीच उहाँले भवन उद्घाटन गर्नुभएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भौतिक संरचनाका हिसाबले प्रहरी कार्यालय अब्बल हुनुपर्ने बताउनुभयो । “प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “पछिल्लो पटक प्रहरीलाई हेर्ने दृष्टिकोण र भरोसा फेरिएको छ ।” प्रहरीले […]

प्रहरी महानिरीक्षक सिंहले गरे दसैँ मौलो पूजा

काठमाडौँ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बडा दसैंका अवसरमा मंगलबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन्। नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक सिंहले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छापसमेत लगाए। साथै प्रहरी महानिरीक्षक सिंहले मौलोपूजाका अवसरमा विशेष कार्य […]

प्रहरी महानिरीक्षक सिंह स्वदेश फिर्ता

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा आयोजित तीन दिवसीय तेस्रो युनाइटेड नेशन चिफ अफ पोलिस समिटमा सहभागी भई शनिबार स्वदेश फर्किएका छन् ।   प्रहरी महानिरीक्षक सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गरे ।विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त समिटमा संयुक्त राष्ट्रसंघीय शान्ति मिशनहरुमा प्रहरीको भूमिकालाई अझ स

सशस्त्र प्रहरी महानिरीक्षक खनालको बिदाइ

काठमाडौँ– सेवानिवृत्त भएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई बिदाइ गरिएको छ । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा सोमबार भएको समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनाललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेलले फूलमालाका साथै मायाको चिनो हस्तान्तरण गर्दै बिदाइ गरेका हुन् । त्यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कणेल खनाललाई पनि […]

प्रहरी महानिरीक्षक थापाले बिर्सिए आफ्नै आचारसंहिता

काठमाडौं । तराईबाट फर्केकालाई तराईका जिल्लामा कमान्ड नदिने आफ्नै आचारसंहिताविपरीत प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले दुई जना उपरीक्षक (एसपी)लाई उनीहरूले चाहेकै ठाउँमा काज सरुवा गरेका छन् । शक्तिकेन्द्रको दबाबमा प्रहरी महानिरीक्षक क्षत्रीले उनीहरूलाई कमाइका हिसाबले आकर्षक मानिने जिल्लामा सरुवा गरेका हुन् । प्रहरी महानिरीक्षक क्षत्रीले चितवनमा एसपी नवराज अधिकारी र महोत्तरीमा कृष्ण पंगेनीलाई काज सरुवा […] The post प्रहरी महानिरीक्षक थापाले बिर्सिए आफ्नै आचारसंहिता appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रहरी महानिरीक्षक क्षेत्रीद्वारा नवनिर्मित भवनको उद्‍घाटन

कास्की, १५ माघ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा नवनिर्मित दुईवटा प्रहरी व्यारेक, प्रहरी मेश र हिरासत गरी छुट्टाछुट्टै चारवटा सुविधायुक्त भवनको शुक्रबार आयोजित एक कार्यक्रमबीच उद्‌घाटन गरे । सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माण कार्यमा विभिन्न क्षेत्रबाट सहयोग गर्ने विभिन्न संघसंस्था, निर्माण व्यवसायी तथा जिल्लामा उत्कृष्ट कार्य गर्ने […]

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट मौलो पूजा सम्पन्न

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको वडा दशैंका अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प गरेका छन् । पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बली पूजा तथा निशानमा पञ्जा छाप समेत लगाए । साथै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मौलो पूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी जवान दुर्गा बहादुर सिंजालीलाई नगद पुरस्कार प्

पूर्व प्रहरी महानिरीक्षक बरालको निधन

काठमाडौं : पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ।बरालको आज विहान १० बजे महाराजगञ्जस्थित निवासमा मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए। उनको आजै दिउँसो आर्यघाटमा अन्त्येष्टि गरिने कुँवरको भनाइ छ। विसं १९८५ साल वैशाख ५ मा हालको पूर्वी नवलपरासी देवचुलीमा उनको जन्म भएको थियो। उनी २०२९ देखि २०३५ सालसम्म नेपाल प्रहरी महानिरीक्षक बनेका थिए।उनी २०३६ देखि २०४२ सालसम्म म्यान्मारका लागि आवासी नेपाली राजदूत भएका थिए। यसका अतिरिक्त उनले इ