बैतडीमा मेयर कप क्रिकेट शुरु : पहिलो खेलमा खलंगा विजयी

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा बुधबार पाँचौँ संस्करणको मेयर कप पुरुष टी-२० क्रिकेट प्रतियोगिता शुरु भएको छ। दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा शुरु प्रतियोगिता चैत २ गतेसम्म हुनेछ।उद्घाटन खेलमा दशरथचन्द नगरपालिका-४ खलंगा विजयी भएको छ। खलंगाले वडा नं ९ ग्वाल्लेकलाई २१ रनले हरायो। निंग्लाशैनी खेलमैदान देहीमाडौंमा खलंगाले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको ग्वाल्लेक १९ दशमलव ५ ओभरमा १ सय ५१ रनमा समेटियो। उसका लागि नरेश जोशीले ३५ र निरज चन्दले ३०