कोभिड अपडेट : आज भेटिए १९ जना संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १९ जना कोभिड १९ का संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ४ हजार १९७ जनामा गरिएको परीक्षणमा १९ जना संक्रमित भेटिएका हुन्।आज १८ जना बिरामी संक्रमणमुक्त भएका छन् भने हाल देशभर १ सय ४९ जना सक्रिय संक्रमित रहेका छन्।जसमा काठमाडौं उपत्यकाका दुई जिल्ला काठमाडौं र ललितपुरमा गरी ४४ जना सक्रिय संक्रमित रहेका छन्। भक्तपुर संक्रमणमुक्त रहेको छ।यस्तै नेपालमा हालसम्म ९५ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाएका छन्।