सर्लाही : सर्लाहीमा शनिबार (भोलि) का लागि तय भएको नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ।केन्द्रीय निर्वाचन समितिले खटाएका निर्वाचन अधिकृत विनोद कार्की आज बिहान राजीनामा दिएर काठमाडौं फर्किएपछि जिल्लामा कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको हो। जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय समूहको दबाब खेप्न नसकेर निर्वाचन अधिकृत कार्कीले राजीनामा दिन बाध्य भएका हुन्।अधिकृत कार्कीले दुई पक्षको दबाब थेग्न नसकेर आफूले राजीनामा दिएको बताए। राजीनामा दिएर काठमा