एमाले रुपन्देहीको अध्यक्षका लागि आधा दर्जन नेता आकांक्षी

बुटवल : नेकपा (एमाले)को जिल्ला अधिवेशन नजिकीएसँगै रूपन्देहीमा पार्टी नेतृत्वका लागि नेताहरूको दौडधुपले माहोल तातेको छ। जिल्ला अध्यक्षका लागि आधा दर्जनभन्दा धेरै नेताहरुले आ-आफ्नो दावीसहित आफूनिकटका नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएका छन्। एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, नेताहरू खिमलाल भट्टराई, राधा ज्ञवाली लगायतका नेताहरुको…

सम्बन्धित सामग्री

एमाले मधेश अधिवेशन : महासेठलाई उछिनेर यादव हावी हुँदै

मालेकाे मधेश प्रदेश अध्यक्षमा आधा दर्जन आकांक्षी देखिएका छन् । तर, अधिवेशन प्रतिनिधि अहिलेसम्म पूर्ण रूपमा छनोट नहुँदा अध्यक्षका आकांक्षीहरूले घोषणा गर्न सकेका छैनन् ।

एमाले वाग्मती प्रदेश अधिवेशन: अध्यक्षका लागि केन्द्रीय सदस्य नै प्रतिस्पर्धामा

वाग्मती प्रदेश अधिवेशनका लागि एमालेका विभिन्न कमिटीबाट प्रतिनिधि छनोट अन्तिम चरणमा पुग्दा अध्यक्षका आकांक्षीको संख्या थपिन थालेको छ । सोमबारबाट सुरु हुने अधिवेशनमा अध्यक्षका लागि आधा दर्जन आकांक्षी देखिएका छन् ।

एमाले रुपन्देहीको अध्यक्षमा ७ जना आकांक्षी

२३ पुस, बुटवल । नेकपा (एमाले) रुपन्देहीको नवौं जिल्ला अधिवेशनमा नेतृत्वका लागि आधा दर्जन बढी नेता आकांक्षी रहेका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, खिमलाल भट्टराई लगायतका नेताहरुको गृह जिल्ला भएकाले आकांक्षीहरु आ–आफ्नो पक्षमा माहोल बनाउन लबिङ गरिरहेका छन् । जिल्ला अध्यक्षका लागि हालका उपाध्यक्ष पुरुषोत्तम घिमिरे, […]

माओवादी केन्द्र सुदूरपश्चिमको अध्यक्षमा आधा दर्जन बढी आकांक्षी

२६ मंसिर, धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको अध्यक्षका लागि आधा दर्जन बढी नेताहरू आकांक्षी देखिएका छन् । अहिलेका अध्यक्ष शरदसिंह भण्डारीसहित नरेन्द्र कुँवर, सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुुर धामी, प्रदेशसभा सदस्य वीरमान चौधरी, प्रदेश सचिव नेपबहादुर चौधरी, राष्ट्रियसभा सदस्य हरिप्रसाद चौधरी ‘उत्सव’ र हरि ज्ञवाली ‘अखण्ड’ लगायतका नेता प्रदेश […]

धितोपत्र बोर्ड र नेप्सेको प्रमुखका लागि लबिइङ शुरु, को - को छन् आकांक्षी ?

कात्तिक २०, काठमाडौं । पूँजीबजारको नियामक निकायको रुपमा रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष  तथा बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से) को प्रमुख बन्न लबिइङ शुरु भएको छ ।  गत भदौ महीनादेखि ती निकाय प्रमुख विहिन छन् । अर्थ मन्त्रालयले दुवै निकायको प्रमुखको नियुक्ति प्रक्रिया खुल्ला प्रतिस्पर्धामार्फत अघि बढाइसकेको छ ।  । सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा ती निकायका प्रमुखहरुको संलग्नता पुष्टि भएपछि सरकारले तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई पदबाट बर्खास्त गरेसँगै धितोपत्र बोर्डको अध्यक्ष पद खाली छ भने नेप्सेको प्रमुख कार्यकारी अधिकृत(सीईओ) सीईओ चन्द्रसिंह साउद स्वंय राजीनामा दिएर बाहिरिएका थिए । अर्थ मन्त्रालयले  दुवै निकायको प्रमुख नियुक्तिका लागि छनौट समिति बनाएको छ । धितोपत्र बोर्डको नयाँ अध्यक्षको कार्यकाल दुई वर्ष मात्र हुने छ ।तत्कालिन अध्यक्ष ढुंगाना दुई वर्षमात्रै पुरा गरेर बर्खास्तीमा परेका थिए । बाँकी २ वर्षका लागिमात्रै नयाँ अध्यक्ष नियुक्त गरिन लागिएको हो ।  धितोपत्र बोर्डको अध्यक्ष तथा नेप्सेको सीईओका लागि अहिले आकांक्षीहरुले तिव्र रुपमा लबिइङ गरिरहेका छन् ।  समितिले दाबेदारहरुमध्ये बाट कम्तीमा तीन जनाको नाम सिफारिस गर्नेछ । ती तीन जना मध्येबाट मन्त्रिपरिषद्ले बोर्ड अध्यक्ष नियुक्ति गर्नेछ । यी दुवै पद विशुद्ध राजनीतिक नियुक्तिको पदसमेत भएकाले अहिले आकांक्षीहरु बीच तिव्र रुपमा लबिइङ भइरहेको हो । आधा दर्जन आकांक्षी धितोपत्र बोर्डको अध्यक्षका लागि आधा दर्जन आकांक्षीहरु विभिन्न शक्तिकेन्द्रमा दौडधुपमा रहेको बुझिएको छ । स्रोतका अनुसार बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवि चापागाईं, राष्ट्र बैंकका पूर्व निमित्त कार्यकारी निर्देशक डा गोपाल भट्ट, चार्टर्ड एकाउन्टेन्ट कृष्णप्रसाद आचार्य, धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी, नेप्सेका पूर्व सीईओ सिताराम थपलियालगायतका छन् । नेप्सेको सीईओका लागि यसअघि राजीनामा दिएका चन्द्रसिंह साउद, केहि बैंकर तथा चार्टर्ड एकाउन्टेन्टहरु दौडधुपमा रहेका छन् । दुवै पदका लागि तिहार पछि आवेदकहरुसँग अन्तरवार्ता लिने समितिको तयारी छ ।