श्रीलङ्का : नियुक्त भएकाे एक दिनमै अर्थ मन्त्रीद्वारा राजीनामा

श्रीलङ्काका अर्थ मन्त्री अली साबरीले नियुक्त भएको एक दिनमै राजीनामा दिनुभएको छ । हिजो साेमवार बिहान २६ जना मन्त्रीले सामूहिक राजीनामा दिएपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले साबरीलाई अर्थ मन्त्रीमा नियुक्त गर्नुभएको थियो । तर उहाँले आज मङ्गलवार राष्ट्रपतिलाई पत्र लेखेर राजीनामा दिनुभएको हो ।  साबरीले आफूले धेरै सोचविचार गर्दा देशको बिग्रिएको अर्थतन्त्र सुधार्नका लागि उत्कृष्ट सोच र व्यक्ति चाहिएकाले राजीनामा दिएको बताउनुभएको समाचार संस्था एएनआईले जनाएको छ । साबरी अस्ति आइतवारसम्म न्याय मन्त्रीका रूपमा रहनुभएको थियो भ...

सम्बन्धित सामग्री

श्रीलंकाको गभर्नरमा नियुक्त भए डा नन्दलाल वीरासिङ्घे

चैत २६, कोलम्बो । श्रीलंकाको केन्द्रीय बैंकको गभर्नरमा बरिष्ठ अर्थशास्त्री डा नन्दलाल वीरासिङ्घे नियुक्त भएका छन् ।  सरकारले उनलाई नयाँ गभर्नरमा  नियुक्त  गरेकोहो ।  श्रीलंकामा आर्थिक संकट उत्पन्न भएपछि श्रीलंकाका तत्कालिन गभर्नर अजिथ निभार्द चार्बालले यसअघि  राजीनामा दिएका थिए । उनले  पदबाट राजीनामा  दिएपछि भने  उनलाई विदेश यात्रामा प्रतिबन्ध  लगाइएको छ ।  आर्थिक संकटको आरोपपछि श्रीलंकाको एउटा अदालतले हालै राजीनामा दिएका उनलाई  विदेश यात्रामा प्रतिबन्ध लगाएको छ। गभर्नरमा नव नियुक्त वीरासिङ्घे यसअघि कोलम्बो विश्वविद्यालयमा कार्यरत थिए । अर्थशास्त्रमा विशेष दख्खल रहेका उनले अर्थशास्त्र सम्वन्धी अनुसन्धान र अध्यापन पनि गर्दै आएका छन् । उनी मलेशियाको वियसान केन्टरमा पनि आवद्ध छन् भने अष्ट्रेलियाको राष्ट्रिय विश्वविद्यालयमा सार्वजनिक नीति र व्यवहारिक अर्थतन्त्र विश्लेषण केन्द्रको सल्लाहकार समिति सदस्यपनि छन् ।    यसैगरी सरकारले एमएम सिरिवार्धनालाई अर्थ मन्त्रालयको नयाँ सचिवको जिम्मेबारी दिएको छ । उनीहरुलाई राष्ट्रपति गोताबाय राजापाक्षले बिहीवार नियुक्ति पत्र दिएका छन् ।                 त्यसैगरी अर्थ सचिवमा नियुक्त सिरिवर्धनाले अन्तरराष्ट्रिय वित्तिय कोषको तर्फबाट श्रीलङ्का, भारत, बङ्लादेश र भुटानका लागि बैकल्पिक निर्देशकको रुपमा काम गरेका छन् । उनले श्रीलङ्काको आर्थिक विभागको महानिर्देशकको रुपमा समेत काम गरेका छन् । राष्ट्रपति राजापाक्षले यसअघि गत बुधबार अर्थशास्त्री तथा विज्ञहरुलाई सहभागी गराएर सल्लाहकार समूह गठन गरेका  थिए । श्रीलङ्कामा अहिले आर्थिक सङ्कटसँगै राजनीतिक संकट पनि उत्पन्न भएको छ । तत्कालिन मन्त्रीहरुले राजीनामा दिएका छन् भने आम नागरिक आन्दोलनमा छन् । रासस/ एएनआई