नेपाली सेनाकाे विपद् व्यवस्थापनमा ‘अभ्यास हातेमालो’

काठमाडौँ । नेपाली सेनाले मनसुनजन्य विपद् व्यवस्थापन तथा प्रतिकार्य योजनालाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न अभ्यास जारी राखेको छ । सेनाले पछिल्लो पटक सिरहाको कमला नदीमा मनसुन पूर्वको विपद् प्रतिकार्य योजनाअन्तर्गत यही असार तेस्रो साता (१५–१७) प्रदेशस्तरीय विपद् व्यवस्थापन एकीकृत अभ्यास ‘अभ्यास हातेमालो’ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको उपस्थिति रहेको […]

सम्बन्धित सामग्री

नेपाली र अमेरिकी सेनाबिच संयुक्त सैन्य अभ्यास आजबाट

काठमाडौँ । नेपाली र अमेरिकी सेनाबिच संयुक्त सैन्य अभ्यास आज (सोमबार)बाट हुँदै छ । नेपाली सेना र अमेरिकी सेनाबिच सोमबारबाट ‘टीक नेल’ नामक सैन्य अभ्यास सुरु हुन लागेको हो । विपद् व्यवस्थापनमा केन्द्रित हुने सैन्य अभ्यासमा भाग लिन २० जना अमेरिकी सेना नेपाल आएका छन् । नेपाली र अमेरिकी सेनाबिचको सैन्य अभ्यास काठमाडौँ र पोखरामा […]

‘नेपाली सेना संविधान अनुसार परिचालित’

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाको भूमिकालाई लिएर कतिपय प्रश्नहरू उठ्ने गरेको बताउँदै त्यसमा सरकार स्पष्ट रहेको बत(ाउनुभएको छ । “नेपाली सेनालाई कुन ठाउँमा कहिले जिम्मा दिने स्पष्ट संवैधानिक र कानुनी व्यवस्था छ, त्यही अभ्यासलाई सरकारले अगाडि बढाइरहेको छ,” उहाँले भन्नुभयो । बुधबार राष्ट्रिय सभामा सांसदहरूले राख्नुभएको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सङ्घीय कानुन अनुसार विकास निर्माण र विपद् व्यवस्थापन लगायतका अन्य काममा सरकारले सेनालाई लगाउन सक्ने स्पष्ट व्यवस्था रहेको जानकारी दिनुभयो । सैनिक ऐनअनुसार विकास निर्माण, विपद् व्यवस्थापनमा उपयोग गर्न सक्ने व्यवस्था पनि रहेको स्मरण गराउनुहुँदै उपप्रधानमन्त्री पोखरेलले त्यही व्यवस्था अनुसार नेपाली सेना परिचालित रहेको बताउनुभयो । भविष्यमा पनि त्यही अनुरूप हुने उहाँले स्पष्ट पार्नुभयो । राष्ट्रिय आवश्यकता र परिस्थितिले सेनाको उपयोग हुने गरेको बताउँदै मन्त्री पोखरेलले भन्नुभयो, “विकास निर्माण, विपद् व्यवस्थापन, बाह्य सुरक्षा, आन्तरिक सुरक्षा, अति वि(िशष्ट व्यक्तित्वको सुरक्षा, प्रकृति संरक्षण, विश्व शान्ति स्थापनाजस्ता काममा नेपाली सेना प्रक्रियासङ्गत ढङ्गले परिचालित हुन्छ ।”