विपद् र उद्धार (सम्पादकीय)

मनसुन शुरु भएसँगै असारको पहिलो दिन मङ्गलबारदेखिको वर्षाका कारण आएको बाढी, पहिरोबाट सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्यूठान, कास्की, पर्वत, म्याग्दी, डोटी बढी प्रभावित भए । तीमध्ये सिन्धुपाल्चोक, मनाङ र लमजुङका सार्वजनिक संरचना, व्यक्तिगत आवास तथा प्राकृतिक सम्पदामा व्यापक क्षति पुगेको छ । बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै विभिन्न जिल्लामा छ जनाको मृत्यु भएको र २७ जना बेपत्ता भएको जनाएको छ । क्षतिको पूर्ण विवरण आइसकेको छैन । वर्षाभर जनधनको क्षति बढ्न सक्नेछ । अहिल्यै बाढी पहिरोले विभिन्न जिल्लामा ८९ घर पूर्ण र २६ घर आंशिक क्षतिग्रस्त भएका छन् । नेपालमा १० जुनदेखि २३ सेप्टेम्बरसम्मको मनसुनी अवधि बाढी पहिरोको दृष्टिले चुनौतीपूर्ण मानिन्छ । नेपाल प्रवेश गरेको करिब दश दिनपछि मात्र सक्रिय हुने मनसुनले यो वर्ष केही चाँडै बाढी पहिरोका अप्रत्याशित दुस्परिणाम निम्त्याएको छ । मौसमविद्व्हरूले पूर्वानुमान गर्दै यस वर्ष धेरै वर्षा र क्षति हुनसक्ने बताएका थिए । अप्रत्याशित विपद्पछि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले पीडितको उद्धार तथा पुनस्र्थापनाका लागि सम्बद्ध पक्षलाई निर्देशन दिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकले पनि बाढी पहिरोबाट बेपत्ताको खोजी, उद्धार र राहतमा सबै संयन्त्रलाई परिचालन हुन आग्रह गरेको छ । यसअघि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सहयोगमा सिन्धुपाल्चोकमा ४६ र दाङमा चार जनाको सकुशल उद्धार गरिएको छ ।

सम्बन्धित सामग्री

जुम्लामा विपद् व्यवस्थापन गर्न नमुना अभ्यास

जुम्लाको चन्दननाथ नगरपालिका- १ दानसाघुँको नमुना बस्तीमा जिल्लाका सुरक्षानिकायले विपद् उद्धार नमुना अभ्यास गरेका हुन्।...

शीतजन्य विपद् न्यूनीकरण गर्न उद्धार टोली

बैतडी : बैतडीमा शीतजन्य मनसुनबाट बच्न पूर्व तयारी थालिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले शीतजन्य मनसुनबाट बच्न पूर्व तयारी थाल्न सरोकारवाला निकायलाई निर्देशन दिएको हो।बैठकले शीतजन्य मनसुनबाट हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर सबै स्थानीय व्यवस्थापन समितिले तयारी अवस्थामा राख्न निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।विपद् व्यवस्थापनका क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी निकायसँग भएका विपद् खोज तथा उद्धार सामग्रीहरूको मर्मत गरेर चुस्त दुरुस्त राख्ने निर

आइएमई मोटर्सद्वारा विपद् सामूहिक उद्धार भेहिकल हस्तान्तरण

आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् सामूहिक उद्धार भेहिकल हस्तान्तरण गरेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको संयुक्त रूपमा आयोजना गरिएको एक कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आठवटा भेहिकल गृहमन्त्री बालकृष्ण खाँणलाई हस्तान्तरण […]

आईएमई मोटर्सद्वारा विपद् सामूहिक उद्धार भेहिकल हस्तान्तरण

काठमाण्डाै – आईएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्स प्रालिद्वारा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् सामूहिक उद्धार भेहिकल हस्तान्तरण गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको संयुक्त आयोजनामा आयोजित एक विशेष कार्यक्रमकाबीच आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अत्याधुनिक ८ वटा भेहिकल गृहमन्त्री बालकृष्ण खाणलाई हस्तान्तरण गर्नुभयो । मन्त्री खाणले अत्याधुनिक ८ वटा भेहिकल ...

आइएमई मोटर्सद्वारा विपद् सामूहिक उद्धार वाहन हस्तान्तरण

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लीद्वारा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् सामूहिक उद्धार वाहन हस्तान्तरण गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको संयुक्त आयोजनामा आयोजित एक विशेष कार्यक्रमकाबीच आइएमई ग्रुपका अध्यक्ष एवम नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अत्याधुनिक ८ वटा वाहन माननीय गृहमन्त्री बालकृष्ण खाँणलाई हस्तान्तरण गरेका हुन् । माननीय मन्त्री खाँणले अत्याधुनिक उक्त ८

'विपद् व्यवस्थापनमा सामूहिक प्रयासको खाँचो'

काठमाडौं : वर्षायामसँगै हुन सक्ने सम्भावित विपद्का जोखिमलाई दृष्टिगत गरी उद्धार कार्यको योजना, फौजको प्रभावकारी परिचालन, उद्धार तथा प्रतिकार्यका लागि विपद् प्रतिकार्यमा खटिने सबै सरोकारवाला निकायबिच छलफल भएको छ। एकआपसमा समन्वय आवश्यक भएकाले विपद्सँग जोडिने नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारी तथा सुरक्षा…

जुम्लाका स्थानीय तह विपद् पूर्वतयारीमा जुट्दै

जुम्लाका स्थानीय तह विपद् पूर्वतयारीमा जुटेका छन् । प्राकृतिक प्रकोप जन्य घटनाबाट हुने क्षति न्यूनीकरण तथा छिटो छरितो राहत उद्धार र पुनर्स्थापना लागि स्थानीयतह विपद् पूर्वतयारीमा जुटेका हुन् । जुम्लाको एक नगरपालिका र सात गाउँपालिकाले आगामी आवको बजेटमा विपद् व्यवस्थापनका लागि न्यूनतम १५ लाख देखि ५० लाख सम्म बजेट विनियोजन गरेका छन् ।  जिल्ला प्रशासनमा आयोजित विपद् व्यवस्थापन समितिको बैठकमा जुम्लाका आठै स्थानीय तहका प्रमुख र उपप्रमुखले विपद् जोखिम न्यूनीकरणका लागि अन्तरपालिका बीच प्रभावका

स्याङजामा विपद् व्यवस्थापन उद्धार नमुना अभ्यास सम्पन्न

स्याङजा । स्याङजामा विपद् व्यवस्थापनसम्वन्धी नमुना अभ्यास सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म हेड क्वार्टर स्याङजाद्वारा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको संगमस्थल रामनदी धाम कालीगण्डकी नदिमा विपद् व्यवस्थापन सम्वन्धी (बाढी पहिरोमा नमुना अभ्यास सिमुलेसन) सम्पन्न भएको हो । जसअन्तर्गगत पहिरो तथा जल उद्धार कार्य नमुना अभ्यास गरिएको थियो । राज्यको […]

झापामा नमुना विपद् उद्धार अभ्यास प्रदर्शन

झापा : झापामा नमुना विपद् उद्धार अभ्यास गरिएको छ। प्राकृतिक विपत्तिबाट तत्कालै नागरिकलाई बचाउन जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहहरूको सहभागितामा नमुना विपद् तथा उद्धार अभ्यास गरेको हो।अर्जुनधारा नगरपालिका–११ स्थित सालवारी झिलमा नमुना विपद् उद्धार प्रदर्शन गरिएको हो। वर्षाका कारण निम्तिने विपदबाट बच्न र सर्वसाधारणलाई सचेत गराउनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा नमुना विपद् उद्धार कार्य प्रदर्शन गरेका थिए।झापाका विभिन्न पालिकाका बस्तीमा बाढीको उच

बागमती प्रदेश विपद् व्यवस्थापन तथा उद्धार निर्देशन समितिले माग्यो १० करोड

बागमती प्रदेश विपद् व्यवस्थापन तथा उद्धार निर्देशन समितिले प्रदेशका १३ वटै जिल्लामा बाढी पहिरोबाट प्रभावित परिवारको उद्धार, उपचार र राहतका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयसँग १० करोड रुपैयाँ माग गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बुधबार बसेको समितिको बैठकले विपद् कोषमा रकम अभाव भएकाले आर्थिक मामिला मन्त्रालयलाई उक्त रकम यथाशीघ्र उपलब्ध गराउन आग्रह गरेको हो ।बैठकले सिन्धुपाल्चोकमा बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारकातर्फबाट पीडित परिवारलाई