प्रकाशमान र शशांक कोइरालाबीच भेटबार्ता, महाधिवेशन केन्द्रित छलफल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहबीच पार्टी महाधिवेशन केन्द्रित छलफल भएको छ। महामन्त्री कोइराला आज दिउँसो सिंह निवास ठमेलस्थित चाक्सीबारी आएका थिए। उनीहरू दुबै कांग्रेस सभापतिका आकांक्षी छन्। कोइराला र सिंहबीच सहकार्य गरेर जाने विषयमा छलफल भएको स्रोतले जनाएको […]

सम्बन्धित सामग्री

आफ्नै लयमा शशांक कोइराला

६६ वर्षको उमेरमा हिंडिरहेका उनी अबको ५/७ वर्ष मात्र आफ्ना लागि रहेको मान्छन् । त्यसपछि सक्रिय राजनीतिबाट अवकाश लिनुपर्छ भन्ने सोचमा रहेका उनी १५औं महाधिवेशनबाट सभापति बनेर पार्टीको नेतृत्व गर्न चाहन्छन् ।

काँग्रेस महाधिवेशन :  शीर्ष नेताहरु भृकुटीमण्डपमा

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत उद्घाटन सत्र शुक्रबार दिउँसो १ बजेदेखि सुरु हुने भनिएपनि २ बज्नै लाग्दा समेत औपचारिक रुपमा सुरु हुन सकेको छैन । उद्घाटन स्थल भृकुटीमण्डपमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंहलगायतका शीर्ष नेताहरु पुगेका छन् । देउवा सुरुमा पुगेका थिए भने पौडेल लगायतका नेताहरु केही ढिलागरी पुगेका हुन् । यसअघि पौडेल उद्घाटन सत्रमै नजाने बताएपनि नेताहरुले सहभागी हुन आग्रह गरे

कांग्रेसका तीन नेताबीच महाधिवेशन प्रभावित पार्न नदिने सहमति

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा दाबेदार उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच भएको छलफलमा महाधिवेशन प्रभावित पार्न नदिने सहमति भएको छ। निधि निवास बानेश्वरमा भेटवार्तामा बाँकी रहेका जिल्लाको क्रियाशील सदस्यको विवाद तत्कालै टुंगोमा पुर्‍याएर तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्न दबाव दिने सहमति भएको नेता सिंहका स्वकीय सचिव युपी लामिछानेले बताए। सभापतिमा दाबी गर्दै आइरहेका तीन नेताहरुबीच सहमति जुटाएर मिलेर जाने र थप छलफल

कांग्रेस महाधिवेशन : निधि, कोइराला र सिंह फेरि छलफलमा

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको दाबेदार उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच छलफल जारी छ।निधिनिवास बानेश्वरमा भेटवार्ता जारी रहेकाे नेता  सिंहका स्वकीय युपी लामिछानेले बताए। आसन्न महाधिवेशन र मुलुकको पछिल्लाे राजनीतिक अवस्थाबारे छलफल जारी रहेकाे उनले बताए।तीनै नेताहरू सभापतिको दाबी गर्दै आइरहेका छन्। तर, संस्थापन पक्षबाट शेरबहादुर देउवाले नै सभापतिमा उठ्ने अडान राखेपछि संस्थापनइतर पक्षबाट एक जना मात्र उम्मेदवा

देउवा जुटे महाधिवेशन सम्बन्धी छलफलमा, शीर्ष नेताहरु बालुवाटारमा

नेपाली काँग्रेसका शीर्ष नेताहरुले १४ औं महाधिवेशन सम्बन्धी छलफललाई तीव्रता दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग नेताहरुले समूहगत र व्यक्तिगत छलफल गरिरहेका छन् ।शुक्रबार साढे तीन बजेबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्काबीच छलफल भइरहेको छ । यसअघि शुक्रबार नै नेता मिनेन्द्र रिजालले देउवासँग भेटवार्ता गरि बालुवाटारबाट बाहिरिएका थिए । विहीबार साँझ पूर्वमहामन्त्री प्रकाशमान सिंहले देउवासँग वान

पौडेल पक्षको निचोडः कुनै हालतमा तोकिएकै मितिमा महाधिवेशन

काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले कुनै हालतमा तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने निचोड निकालेको छ। सोमबार महामन्त्री शशांक कोइराला निवास महाराजगन्जमा बसेको पौडेल पक्षीय बैठकले १६–१९ भदौमा महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउन सकिने निष्कर्ष निकालेको हो। वरिष्ठ नेता पौडेलले सबैले इमानदारितापूर्वक प्रयास गरे अझै पनि तोकिएकै मितिमा महाधिवेशन गर्न सकिने बैठकको निष्कर्ष रहेको बताए।

तोकिएको समयमै महाधिवेशन हुनुपर्ने संस्थापनइतर समूहको जोड

३१ असार, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले कार्यतालिका अनुसार तोकिएकै समयमा महाधिवेशन हुनुपर्नेमा जोड दिएको छ । बिहीबार महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा बसेको बैठकले महाधिवेशन समयमै गर्नुपर्नेमा जोड दिएको हो । तोकिएको समयमा महाधिवेशन गर्नैपर्छ भन्ने आफूहरुको जोड रहेको भन्दै केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, ‘१९ भदौभित्र हामीले पार्टीको महाधिवेशन गर्नैपर्ने संवैधानिक […]

कांग्रेस महाधिवेशन: निधि, कोइराला र सिंहबीच चाक्सीबारीमा भेटवार्ता

काठमाडौँ – नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिका तीन जना आंकाक्षीहरु शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहबीच आज (मंगलबार) पनि भेटवार्ता भएको छ। कांग्रेसमा परम्परागत समीकरण भत्काएर नयाँ समीकरण निर्माण गर्ने तयारीमा रहेका यी नेताहरुबीच यसअघि पनि दुई पटक भेटवार्ता भएको थियो। मंगलबार काठमाडौँ १६ चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा तीन नेताहरुबीच भेटवार्ता भएको हाे। […]

चाक्सीबारीमा निधि, कोइराला र सिंहबीच महाधिवेशन केन्द्रित छलफल

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइराला पुगेका छन्।