नेपाल–भारत उडान संख्या बढाउने तयारी

काठमाडौं (अस) । कोरोना भाइरसको संक्रमण बढेपछि नेपाल–भारत उडान संख्या घटाइएकोमा पुनः बढाउने तयारी भएको छ । एयर बबलमार्फत हुँदै आएको सीमित उडान संख्या बढाएर सातामा ५६ पुर्‍याउनेगरी नेपाल सरकार र भारतबीच छलफल भएको हो । भारतीय दूतावासले अहिलेको उडान संख्या बढाउने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जानकारी गराएसँगै हाल हुँदै आएको सीमित संख्याको उडान बढ्ने सम्भावना देखिएको छ । अहिले काठमाडौं–दिल्ली सेक्टरमा सातामा १४ ओटा उडान हुँदै आएको छ । यसमा नेपाल र भारतबाट सात/सात उडान हुन्छ । कोरोना भाइरसको संक्रमण उच्च हुँदा नेपाल–भारत उडान संख्या कटौती गरिएको थियो भने नेपालको काठमाडौं र भारतीको दिल्ली उडानलाई मात्रै जारी राखिएको थियो । अहिले पनि एयर बबलअनुरूप नै सातामा १४ उडान हुँदै आएकोमा यो संख्या बढाएर सातामा ५६ पुर्‍याउने तयारी भएको मन्त्रालयका नागरिक उड्डयन महाशाखा प्रमुख तथा सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । ‘अहिले भारतीय दूतावासमार्फत उडान संख्या बढाउने प्रस्ताव आएको हो,’ उनले भने, ‘कहिलेदेखि संख्या बढाएर उडान सुचारु गर्ने भन्ने विषयमा मन्त्रालयमा छलफल हुनेछ, निष्कर्षमा पुग्न भने समय लाग्नेछ ।’ भारतले अहिले सातामा २८/२८ ओटा उडान गर्ने प्रस्ताव गरेको भन्दै उनले नेपालले यसमा विमति राख्ने अवस्था नभएकाले यही संख्यामै उडानका लागि टुंगोमा पुग्न सकिने बताए ।

सम्बन्धित सामग्री

टिकट नपाएर हवाई यात्रुको बिचल्ली

सिमकोट – तिहार नजिकिएसँगै सिमकोटबाट सुर्खेत र नेपालगञ्ज झर्ने यात्रु हवाई टिकट नपाएर बिचल्लीमा परेका छन्। जिल्लाबाट बाहिर झर्ने यात्रु बढी र हवाई उडान संख्या कम हुँदा यात्रुले टिकट पाउनै सास्ती खेप्नुपरेको हो। दश दिनदेखि सुर्खेत झर्ने तयारी गरिरहेका सिमकोट बजारका सुन ब्यापारी पवित्रा सुनारले टिकट नपाएर बिचल्लीमा परेको गुनासो सुनाइन्। बिहानै एयरलाइन्सको कार्यालयमा पुग्ने […]

यती एयरलाइन्सले भित्त्यायो साझेदार

काठमाडौं। हवाई सेवा शुरू गरेको २५ वर्षपछि निजी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले नयाँ लगानी साझेदार भित्त्याएको छ । कम्पनीले मंगलवारदेखि औपचारिक रूपमा बीमा कम्पनी एशियन लाइफ इन्स्योरेन्सलाई नयाँ साझेदारका रूपमा भित्त्याएको हो । सेवा तथा बजार विस्तार, जहाजको संख्या बढाउने र पब्लिक कम्पनीबाट प्राथमिक शेयर (आईपीओ) सर्वसाधारणमा जारी गर्नेसम्मका रणनीतिक योजनासहित यती एयरलाइन्सले लगानी साझेदार भित्त्याएको हो । कम्पनीका प्रवक्ता सुदर्शन बर्ताैलाका अनुसार यती एयरलाइन्स गत वैशाखमै पब्लिक कम्पनीमा गएको थियो । बर्तौलाले थप पाँचओटा जहाज थप्ने योजना रहेको जानकारी दिए । उनले ६ महीनामा आईपीओ पनि जारी गर्ने तयारी गरिएको बताए । एशियन लाइफ इन्स्योरेन्स भित्रिए पनि अहिले यती एयरलाइन्समा कति प्रतिशत शेयर अंश वा इन्स्योरेन्सले कति लगानी गर्ने भन्ने विषय भने एशियन लाइफले उल्लेख गरेको छैन । यती एयरलाइन्सको हालको चुक्ता पूँजी २ अर्ब १० करोड छ । केही वर्षअघिसम्म १५ ओटा जहाजबाट उडान गर्दै आएको यतीसँग अहिले पाँचओटा जहाज छन् । ‘जहाजको संख्या घटे पनि सीट क्षमता भने बढेको छ,’ बर्ताैलाले भने, ‘अहिलेको सेवालाई विस्तार गर्ने र जहाजको संख्या थप्ने गरी कम्पनीमा साझेदार भित्त्याइएको हो ।’   पाँच जहाज थप्नेदेखि आईपीओ जारी गर्नेसम्म कम्पनीको तयारी अहिले यती एयरलाइन्ससँग एटीआर ७२–५०० सिरिजका पाँचओटा जहाज छन् । प्रतिजहाजको सीट क्षमता ७० रहेको छ । सन् १९९८ सेप्टेम्बरदेखि व्यावसायिक उडान शुरू गरेको यतीले उडान सेवा शुरू गर्दा भने क्यानेडाली जहाज डीएचसी ६–३०० ट्वीनअटर सञ्चालन गरेको थियो । यती र ताराका गरेर कम्पनीसँग १५ ओटा जहाज थिए । जहाज संख्या धेरै भए पनि ती जहाजको सीट क्षमता भने कम थियो । झन्डै साढे २ दशकदेखि हवाई सेवा दिएको यतीले अहिले मुख्य गन्तव्यहरूमा एटीआर–७२ जहाजबाट सेवा दिँदै आएको छ । यतीले सन् २००९ मा भने भगिनी संस्था तारा एयर स्थापना गरेर दुर्गम क्षेत्र (स्टल)लक्षित उडान पनि गर्दै आएको छ । काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बेस बनाएर अहिले यतीले भैरहवा, पोखरा, जनकपुर, नेपालगञ्ज, भद्रपुर, विराटनगरजस्ता शहरमा उडान गर्दै आएको छ । यसका साथै कम्पनीले माउन्टेन उडान (एभरेष्ट र अन्नपूर्ण एक्स्प्रेस) सेवा दिइरहेको छ । जहाज संख्या थपेपछि गन्तव्य र उडान संख्या पनि थप्ने कम्पनीको योजना छ ।

२७ वर्षमा बुद्ध एयर अक्टोबरमै एटीआर जहाज थप्ने तयारी

काठमाडौं। निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर २७ वर्षमा प्रवेश गरेको छ । १८ सिटे जहाजबाट नेपाली आकाशमा उडान शुरू गरेको बुद्ध एयरले हाल १६ ओटा एटीआर जहाजबाट सेवा दिइरहेको छ । कम्पनीले बुधवार जारी गरेको सूचनाअनुसार यो अवधिमा बुद्ध एयरबाट २ करोडभन्दा बढी स्वदेशी तथा विदेशी यात्रुले सेवा प्राप्त गरिसकेका छन् । हाल कम्पनीसँग तीनओटा एटीआर–४२ र १३ ओटा एटीआर–७२ सिरिजका जहाज छन् । यस्तै कम्पनीले अक्टोबर महीनाभित्रै थप एउटा एटीआर जहाज ल्याउने बताएको छ । जहाज मर्मतसम्भारका लागि कम्पनीसँग अत्याधुनिक ह्यांगर छ । आफ्ना जहाज मात्र मर्मतसम्भार नगरी स्वदेशी तथा विदेशी कम्पनीलाई पनि सेवा दिइरहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले थप सुरक्षित र गुणस्तरीय सेवा दिन हवाई कम्पनीमा कार्यरत प्राविधिक, पाइलट र ‘ग्राउन्ड अपरेसन’का जनशक्तिको क्षमता अभिवृद्धि गरिरहेको बताए । ‘बुद्ध एयरको उडान सेवा प्रभावकारी बनाउन राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाबाट नियमित अडिट एवं मूल्यांकन गराउँदै आएका छौं,’ उनले भने, ‘विभिन्न गन्तव्यमा उडान संख्या बढाइएको छ ।’ कम्पनीका अनुसार पोखराका लागि दैनिक १७ तथा विराटनगर र भैरहवाका लागि क्रमश: ९ र १० उडान गरिएको छ । यसबाहेकका अन्य गन्तव्यमा पनि आधा दर्जनभन्दा बढी उडान हुने गरेको छ । कम्पनीले सुर्खेत, तुम्लिङटार र धनगढीमा पनि उडान संख्या थप्ने तयारी गरेको छ ।

नेवानिको दिल्ली उडान तालिका कटौतीको मारमा यात्रु, दुई उडान रद्द

१४ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगमले भारतको राजधानी नयाँ दिल्लीमा गर्दै आएको उडान संख्या नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट कटौती हुँदा त्यसको मारमा यात्रु परेका छन् । नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार आइतबार एउटा उडान कटौती भएको थियो । जसमा २५६ जना यात्रुले उडान गर्ने तयारी थियो । आइतबार गन्तव्य स्थान […]

‘बुद्धले जहाज संख्या २१ पुर्‍याउँदैछ, सुरक्षामा सम्झौता हुँदैन’

६ फागुन, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । निकट भविश्यमा आधा दर्जन जहाज थप्ने तयारी गरिरहेको कम्पनीले पोखरा केन्द्रित क्षेत्रीय उडान आक्रामक रुपमा विस्तार गरिरहेको छ । नेपालमा हवाइ यात्रु र उडान संख्या बढिरहँदा बेलाबेला सुरक्षाका विषयमा पनि प्रश्न उठ्ने गरेको […]

नेपाल-भारत हवाई उडानमा पनि छैनन् यात्रु, एनएसी र एयर इण्डियाले उडान घटाउने तयारी

काठमाडौं। कोभिड दोस्रो लहरका कारण यात्रु संख्या कम भएपछि नेपाल वायुसेवा निगम र एयर इण्डियाले उडान संख्या घटाउने भएका

आन्तरिक उडान संख्या कटौति गर्ने तयारी

अहिले भइरहेको उडानको ३० प्रतिशत संख्या कटौति गर्नेगरी नेपाल नागरिक उड्डयन प्राधिकरण र विमानस्थल कार्यालयले तयारी गरेका छन्।