बागमती प्रदेशको सुरुङमार्ग योजना, केन्द्रीय बजेटमा

हेटौँडा : बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रममा राखेका तीनवटा सुरुङमार्ग निर्माण योजना केन्द्रीय सरकारको बजेटमा पनि परेको छ।संघीय सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सदनमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बागमती प्रदेशका सुरुङमार्ग योजना निर्माण गरिने बताएका हुन्।उनले प्रदेश सरकारको साझा कार्यक्रममा रहेको मकवानपुरको भीमफेदी–कुलेखानी, सिन्धुलीको खुर्कोट–चियाबारी सुरुङमार्ग र धादिङ र चितवनलाई जोड्ने हुग्दिखोला–शक्तिखोर सुरुङमार्ग निर्माण गरिने

सम्बन्धित सामग्री

डेढ करोड खर्चिएको हेटौंडा-काठमाडौं सुरुङ आयोजना स्थगित

हेटौंडा : बागमती प्रदेश सरकारले प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको भीमफेदी–कुलेखानी सुरुङमार्ग र विद्युतीय बस खरिद कार्यक्रम स्थगित गरेको छ। एमाले नेतृत्वको अघिल्लो सरकारले गौरवको आयोजनामा राखेको सुरुङमार्ग निर्माण र विद्युतीय बस खरिद कार्यक्रमलाई वर्तमान सरकारले स्थगित गरेको हो। यसअघि नै सत्तारोहण गरेलगत्तै यी योजना कार्यान्वयन गर्न रोक लगाएका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभा बैठकमा सम्बोधन गर्दै योजना कार्यान्वयन गर्न नसक्ने बताए।मुख्यमन्त्री पाण्डेले भीमफेदी-क

हेटौंडामा भीमफेदी-कुलेखानी सुरुङ मार्गको कार्यालय खुल्यो

२३ असोज, हेटौंडा । बागमती प्रदेश सरकारले पोष्टबहादुर बोगटी सुरुङमार्ग (भीमफेदी– कुलेखानी) आयोजनाको कार्यालय सञ्चालनमा ल्याएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत रहने गरी शुक्रबार प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाँलले उद्घाटन गरेका हुन् …

सुरुङमार्ग निर्माणमा सहकार्य

बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने हेटौंडा–काठमाडौं छोटो मार्गमा सुरुङमार्ग निर्माण गर्न संघीय सरकारले तत्परता देखाएको छ । संघीय सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि बिहीबार प्रस्तुत गरेको बजेटमा प्रदेश सरकारसँग सहकार्य गरी भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन पूरा गरी काम सुरु गर्ने उल्लेख छ । भीमफेदी–कुलेखानी सुरुङमार्गसहित अन्य दुई स्थानमा सुरुङमार्ग र सडक स्तरोन्नतीसमेतका लागि ६ अर्ब ४२ करोड छुट्याइएको छ । बागमती प्रदेश सरकारले २ वर्षदेखि सुरुङमार्ग निर्माणलाई २ वर्षदेखि प्रदेश गौरवको आयोजना घोषणा गरेको छ ।