भगवान् बुद्धको महापरिनिर्वाण भएको स्थान कुशीनगरमा बन्यो अन्तर्राष्ट्रिय विमानस्थल

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशमा रहेको कुशीनगरमा बुधवार अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् ।  कुल २६० करोड भारुमा बनेको यो विमानस्थलबाट नोभेम्बर महिनादेखि नियमित उडान शुरू गरिनेछ । यो उत्तर प्रदेशको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो ।  कुशीनगर अन्तर्राष्ट्रिय तीर्थस्थल हो । त्यहाँ भगवान् बुद्धको महापरिनिर्वाण भएको थियो ।  यो बौद्ध परिपथमा पर्ने तीर्थस्थल हो । बौद्ध धर्मावलम्बीहरू लुम्बिनी, सारनाथ, गया र कुशीनगरमा पुग्ने गर्छन् ।  कुशीनगर विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान श्...

सम्बन्धित सामग्री

सञ्चालनमा आयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

देशको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहबीच उद्घाटन गरेसँगै सञ्चालनमा आएको छ । उद्घाटनको दिन हिमालय एयरलाइन्सले पोखरामा न्यारोबडी विमानबाट डेमो फ्लाइट गरेको छ । तर, नियमित अन्तर्राष्ट्रिय...

तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार

काठमाडौं । नेपालमा पहिलो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको सात दशकपछि तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हवाई सेवाका लागि तयार भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण (क्यालिब्रे सनफ्लाइट) उडानको प्रारम्भिक प्रतिवेदन सकारात्मक आएसँगै देशको तेस्रो सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी अघि बढेको छ । यही पुस १७ गते […]

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यकता कि रहर ?

नेपालमा अन्तर्राष्ट्रिय उडान सुरू भएको ७४ वर्षसम्म एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएकोमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भर्खरै सञ्चालनमा आएको छ । गत वैशाखदेखि भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीआईए) औपचारिक रूपमा सञ्चालनमा आएको छ ।हाल यस विमानस्थलमा कुवेतको जजिरा एयरवेजले मात्रै अन्तर्राष्ट्रिय उडान भर्दैछ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्नका लागि संयुक्त अरब इमिरेट्सलाई आधार बनाएर विश्वभर उडान भरिरहेको हङ्गेरीको विज एयरलाइन्सले समेत इच्छा देखाएको छ ।

अब के होला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ?

बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै संसदीय समितिले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । अर्कोतिर, सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा समेत निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रकम विनियोजन गरिएको छ ।सर्वोच्च अदालतले जेठ १३ गते निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णयलाई बदर गरिदिएको थियो । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कानुनी अड्चन हटाए

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश दिएको छ । सर्वोच्चले बारामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारका अहिलेसम्मका सबै काम कारबाही तथा निर्णयहरु बदर गरिदिएको छ । न्यायाधीश हरिकृष्ण कार्की, ईश्वर खतिवडा, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले बिहीबार यस्तो फैसला गरेको हो । अदालतले वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा

प्रधानमन्त्री शेरबहादुर देउवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दै, ७४ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदै, पर्यटनमा कोसेढुंगा बन्ने अपेक्षा  जजिरा एयरवेजले सातामा तीन दिन कुवेत–भैरहवा उडान गर्दै, अरू एक दर्जन अन्तर्राष्ट्रिय...

खुल्यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । निर्माणका क्रममा निकै आरोह अवरोह बेहोरेको गौतमबुद्ध अन्तर्राष्‍ट्रिय विमानस्थलको नयाँ धावनमार्गबाट बिहीबार उडान सुरु भएसँगै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक सञ्चालनमा आएको हो ।यससँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक पनि अन्तर्राष्ट्रिय उडानका लागि देशमै पहिलो पटक अर्को नाका खुला भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ विमानस्थल सञ्चालनमा आएको हो ।नेपाल नागरिक उड्डयन प्राधि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन

काडमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज (बिहीबार) देखि विधिवत रुपमा विमान सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावन मार्ग औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिनुभयो । महानिर्देशक अधिकारीले विमानस्थलको पुरानो […]

पोखराको निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल

हवाई जहाजबाट देखिएको पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल । तस्बिर : प्रदीपराज वन्त/रासस

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल। तस्बिर: राधिका कँडेल/ रासस