सरकारले बन्चरे डाँडा ल्यान्डफिल निर्माण शुरू गरेको १७ वर्षपछि मंगलबार बिहानबाट बल्लबल्ल फोहोर बिसर्जन गर्न शुरू भएको थियो। तर ल्यान्डफिल साइटमा फोहोर विसर्जन भएको तीन घण्टा पनि बित्न नपाउँदै प्रहरी र स्थानीयबीच हात हालाहाल भयो।ल्यान्डफिल साइट पूर्ण रूपमा तयार नभइकनै सुनियोजित रूपमा बन्चरे ल्यान्डफिलमा फोहोर विसर्जन गरेको भन्दै स्थानीयले आन्दोलन गरेपछि प्रहरी र स्थानीयबीच झगडा भएको हो। शहरी विकास मन्त्री रामकुमारी झाक्रीको निर्देशनपछि बिहान ५ सय सुरक्षाकर्मीको घेरामा सय ट्रक फोहोर बन्चरेडाँड