भूतपूर्व गोर्खाहरुको अनसन १३ दिन पछि तोडियो

काठमाडाैं : समान पेन्सन लगायतको माग गर्दै १३ दिन देखि बेलायती प्रधानमन्त्री कार्यालयअघि आमरण अनसनमा बसेका भुपू गोर्खाहरूको अनसन बिहीबार तोडिएको छ।बेलायत सरकार र अनसन बसेका भूपु गोर्खा संघर्ष समितिबीच सहमति भएपछि अनसन तोडिएको हो। बेलायतले एक महिनाभित्रमा नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि अनसन तोडिएको हो।  बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख रोशन खनाल तथा बेलायत सरकारका रक्षामन्त्री लियो डोचर्टीको उपस्थितिमा जुस पिलाएर अनशन तोडिएको लन्डन न्यूजले जनाए

सम्बन्धित सामग्री

रुबी खानको अनसन तोडियो

बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि १२ दिनदेखि माइतीघरमा अनसन बसेकी महिला अधिकारकर्मी रुबी खानले अनसन तोडेकी छन् ।पीडितको न्यायका लागि भन्दै १२ दिन यता अनसनरत महिला अधिकारकर्मी रुबी खानले सरकारले गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति बनाएसँगै अनसन तोडेकी हुन् । सहसचिव रेग्मीको संयोजकत्वमा गठित समितिमा […]

रुबी खानको अनसन तोडियो

काठमाडौंः महिला अधिकारकर्मी रुबी खानले आमरण अनसन तोडेकी छिन्।आज दिउँसो सरकारले उनीहरुका केही माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि १३ दिन लामो आमरण अनसन तोडेकी हुन्। गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणी पोखरेलले जुस खुवाएर अनसन तोडाएका हुन्।सरकार र उनीबीच गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा छानबिन समिति बनाउने सहमति भएपछि खान आमरण अनसन तोड्न सहमत भएकी थिइन्।