राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

काठमाडौं, पुस १ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ । १२ माघमा तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले आह्वान गरेको हो । आजदेखि पुस १० सम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न सकिने जारी सुचनामा उल्लेख छ । पुस १७ मा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली […]

सम्बन्धित सामग्री

निर्वाचन आयोगमा दल दर्ताको चटारो (फोटो फिचर)

निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसिमा आजबाट समाप्त हुँदैछ । अन्तिम दिन दल दर्ताका लागि पार्टीहरु आयोगको कार्यलयमा पुगिरहेका छन् । राष्ट्रिय मान्यता प्राप्त दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतले यसअघि नै आयोगमा दल दर्ता गरिसकेका छन् ।  साना दलहरु र नेपाली काँग्रेसले आज दल दर्ताका लागि निवेदन दिँदैछन् । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाने भएका छन् ।

दल दर्ता गर्ने समयसिमा आज समाप्त हुँदै, निर्वाचन आयोग जाँदै कांग्रेस

काठमाडौँ । निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसिमा आजबाट समाप्त हुँदैछ । ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आयोगले दिएको समय सीमा आजबाट समाप्त हुन लागेको हो । सिके राउत नेतृत्वको जनमत पार्टीले १ नम्बरमा राजनीतिक दल दर्ता गरेको थियो । आयोगमा दर्ता हुने राजनीतिक दलको […]

कुनै पनि राजनीतिक दल विवादमा छैनन् : निर्वाचन आयोग

काठमाडौं, माघ २५ । निर्वाचन आयोगले चुनावमा भाग लिनका लागि कुनै राजनीतिक दलको सम्बन्धमा विवाद नभएको बताएको छ । पछिल्लो समय जन्मिएका केही नयाँ राजनीतिक दलको विवाद पनि सर्वोच्च अदालत तथा निर्वाचन आयोगले सल्ट्याइसकेको आयोगको भनाइ छ । अहिले आयोगमा १ सय ५ वटा राजनीतिक दल दर्ता भएको आयोगले जनाएको छ । निर्वाचन प्रयोजनका लागि […]

महन्थ ठाकुर नेतृत्वको लोसपाले पायो निर्वाचन आयोगबाट प्रमाण पत्र

काठमाडौँ – महन्थ ठाकुर नेतृत्वकाे लोकतान्त्रिक समाजवादी पार्टीले निर्वाचन आयोगबाट प्रमाण पत्र पाएको छ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)बाट विभाजित भएका ठाकुर आफूपक्षीय सांसद् र केन्द्रीय कार्यकारिणी समिति सदस्यको साथमा दल दर्ताका लागि २ भदौमा निर्वाचन आयोग पुगेका थिए । राजनीतिक दल दर्ता नम्बर १६७ मा यो दल बुधब…