काठमाडौं महानगरको मेयरमा स्थापितलाई अघि सार्ने एमालेको तयारी, को-को छन् रेसमा ?

काठमाडौं, ४ बैशाख । नेकपा (एमाले) ले काठमाडौं महानगरको मेयरमा केशब स्थापितलाई अघि सार्ने तयारी गरेको छ। एमोलेले मेयरमा अहिलेका मेयर विद्यासुन्दर शाक्य, पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य रामवीर मानन्धर, केशब स्थापित, निर्मला देउला र ईन्दिरा पन्तसहित पाँच जनाको नाम सिफारि गरेको छ । एमाले महानगर कमिटिको गत बुधबार बसेको बैठकले यी पाँच जनाको नाम मेयरमा […]

सम्बन्धित सामग्री

इलाममा पार्टीको विरासत जोगाउन सुहाङलाई राजनीतिमा अगाडि बढाउने एमालेको तयारी

काठमाडौं,२ असोज । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि प्रतिनिधि सभाअन्तर्गत इलाम निर्वाचन क्षेत्र २ रिक्त भएको छ । संविधान सभाका अध्यक्ष, पूर्व सभामुख तथा पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री, लेखा समितिको सभापतिकोसमेत जिम्मेवारी सम्हालेका नेम्वाङको गत मंगलबार हृदयघातका कारण ७१ वर्षको उमेरमा निधन भएको थियो । नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचन […]

प्रभु साहमाथि कारबाही गर्ने एमालेको तयारी

एमालेले स्थायी कमिटी सदस्य प्रभु साहमाथि कारबाहीको तयारी थालेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेबाट टिकट लिएर अन्तिममा साहले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि कारबाहीको तयारी थालिएको एमालेका एक नेताले जानकारी दिए । उनका अनुुसार साहमाथि कारबाही गर्ने विषयमा पार्टी नेतृत्वभित्र छलफल चलिरहेको छ । गत आइतबार मनोनयन दर्ताको दिन अन्तिम समयमा साहले रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । तर, उनले आफूले एमालेबाटै उम्मेदवारी दर्ता गर्ने बताएका अध्यक्ष केपी ओलीले सार्वजनिक

राष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने एमालेको तयारी

काठमाडौं, ७ असोज । नेकपा (एमाले) ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउनेगरि तयारी थालेको छ । राष्ट्रपति भण्डारीको कार्यकाल सकिएपछि पार्टीको नेतृत्व तहमा नै फर्काउनुपर्ने बहस सिर्जना भएको छ । खासगरी अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्रका रुपमा चिनिएका नेता गोकुल बाँस्कोटाले पूर्व राष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कुनै कानूनी व्यवस्था नभएको भन्दै राष्ट्रपति भण्डारी […]

जनप्रदर्शनका लागि एमालेको तयारी तीव्र

एमालेले १६ साउनमा काठमाडौंमा गर्न लागेको प्रदर्शनका लागि आन्तरिक तयारी तीव्र बनाएको छ । महँगी, भ्रष्टाचार र कालाबजारीविरुद्ध एमालेले प्रदर्शन गर्न लागेको हो । दिउँसो २ बजेबाट प्रदर्शन सुरु गर्ने गरी एमालेले...

निर्वाचन मिति घोषणाका लागि आन्दोलन गर्ने एमालेको तयारी

काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणाका लागि आन्दोलनको तयारी सुरु गरेको छ । एमालेले जनवर्गीय संगठनहरुमार्फत दबाबमूलक कार्यक्रम आयोजना गर्न लागेको हो । आन्दोलन तयारीको विषयमा छलफल गर्नका लागि एमालेले आफ्नो २२ वटा जनवर्गीय संगठनहरुको बैठक भक्तपुरमा बोलाएको छ । बैठकमा आन्दोलन तयारीको विषयमा छलफल हुने बताइएको छ ।

आज पनि संसद चल्न नदिने एमालेको तयारी

आज बस्ने प्रतिनिधि सभाको बैठक पनि सहजै संचालन नहुने देखिएको छ । दिउसो १ बजे बस्ने गरी बोलाइएको संसद बैठक पनि अवरोध गर्ने तयारीमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले छ । एमालेको विरोधका कारण बुधबार तीनपटक सम्म संचालन हुन नसकेर सभामुखले बैठक आजका लागि बोलाएका छन् ।एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसदका बुधबार उठाएको विषय निरन्तर जारी राख्ने बताए । ‘हाम्रा पुरानै अनुत्तरित प्रश्नहरू कायमै छन्, सभामुखले चित्तबुझ्दो जवाफ नदिदा सम्म प्रश्न सोधिरहन्छौँ,’ भट्टलाईले भने, ‘सभामुखले जे गरेपनि हुन्छ भन्ने सोचेका छन्, हामी त्यसको निरन्तर प्रतिवाद गर्छौँ ।’एमालेले कारवाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले कारवाही नगर्नुको कारण माग गर्दै एमालेले संसद बैठक अवरूद्ध गर्दै आएको छ । तत्काल कारवाही गर्नुपर्ने सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कारवाही नगरी १४ दिनसम्म रोकेर राखेका थिए । भट्टराईले सभामुख पार्टी विभाजनको मतियार बनेको आरोप पनि लगाए ।बुधबारको संसद बैठकमा पनि उनले संविधान, नियम, नीति, विधि उल्लंघन गरेर नेकपा एमालेलाई विभाजन गरिएको भन्दै सभामुखसँग जवाफ माग गरेका थिए । लगत्तै सभामुख सापकोटाले आफूले प्रचलित कानुनका आधारमा निर्णय लिएको जवाफ दिएका थिए ।सभामुख सापकोटाले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै संसदमा छलफल गर्न नमिल्ने पनि बताएका थिए । त्यसपछि एमालेका सांसदहरुले बेलमा घेरेर संसदको ‘संर्वोच्चता कायम गर, संविधान विरोधी काम गर्न पाइँदैन, विधिको शासन कायम गर’ लगायतका नाराबाजी गरेका थिए ।  ३२ साउनमा हतारहतार संसद अधिवेशन अन्त्य गरेको सरकारले १ भदौमा केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशत संख्याले दल फुटाउन सक्ने गरी राजनीतिक दलसम्बन्धी आध्यादेश ल्याएको थियो ।एमालेले त्यही दिन माधवकुमार नेपालसहित नयाँ दल गठनको पक्षमा रहेका १४ जनालाई कारबाही गर्दै पदमुक्त गर्न पत्र पठायो । तर सभामुखले त्यसबारे कुनै निर्णय लिएनन् । २ भदौमा नयाँ दल दर्ताका लागि निवेदन दिएको नेपाल समूहले ९ भदौमा मान्यता पायो । त्यसपछि बल्ल सभामुखले एमालेको पत्रबारे केही गर्नु नपर्ने भनेर निर्णय सुनाएका थिए ।

निर्वाचन आयोगविरुद्ध आजै अदालत जाने एमालेको तयारी

काठमाडौं, १६ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निर्वाचन आयोगको विरुद्धमा आजै सर्वोच्च अदालत जाने भएको छ । आयोगले माधव नेपालले एमाले विभाजन गरेर दल दर्ता गर्दा विवादस्पद निर्णय गरेको भन्दै एमाले अदालत जान लागेको हो । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले पनि मुद्दा दर्ता गर्नको लागि तयारी भैरहेको जानकारी दिए । एमाले […]

निर्वाचन आयोगविरूद्ध अदालत जाने एमालेको तयारी

दल दर्ताका क्रममा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको नेकपा एमाले आइतबार अदालत जाने भएको छ । बिहीबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले पार्टीले कारवाही गरेका सांसदहरुको सनाखतलाई समेत मान्यता दिएर आयोगले नयाँ पार्टी दर्ताको प्रमाणपत्र दिएको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको थियो ।केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी भइरहेको एमाले केन्द्रीय कार्यालयका सचिवसमेत रहेका केन्द्रीय सदस्य शेरबहादुर ताम

खनाल-नेपाल समूहलाई कारबाही गर्ने एमालेको तयारी

काठमाण्डौ - नेकपा एमालेले खनाल-नेपाल समूहलाई कारबाही गर्ने तयारी गरेको छ । खनाल-नेपाल समूहकै कारण प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा भएको भन्दै एमालेले माधवकुमार नेपाललगायत नेताहरुलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने तयारी भएको एमाले प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभायो । उज्यालोसँग कुरा गर्दै उहाँले त्यसबारे छलफलका लागि आज औपचारिक र अनौपचारिक छलफलहरु हुने जानकारी दिनुभयो । संविधानको धारा ७६ को उपधारा ५ मा प्रधानमन्त्री दाबी गर्ने क्रममा खनाल-नेपाल समूहले कांग्रेस सभापति श...