संयुक्त राष्ट्रमा उत्तर कोरियाका दूतले युक्रेनमाथि रुसको हमलाका लागि अमेरिकालाई जिम्मेवार देखाएको छ ।यसका साथै उनले वासिङ्टनको आधिपत्यको नीतिले अन्य देशको सुरक्षालाई पनि खतरा पुर्याएको बताएका छन् ।दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले संयुक्त राष्ट्र महासभामा भएको आपतकालीन सत्रका बेला किम सङले यस्तो कुरा बताएका हुन् । मंगलबार यसै सत्रका बेला सङले भने, ‘अमेरिका र पश्चिमले रुसको सुरक्षाको प्रत्यायभूतिको मागको अवहेलना गरे । नेटोको पूर्वमा विस्तार गर्नका लागि हतियार प्रणाली तैनाथ