यी हुन् प्रदेश १ को मन्त्रिपरिषद् बैठकका निर्णय

मोरङ– प्रदेश १ सरकारले आगामी वर्ष २०७९ का लागि सार्वजनिक विदासम्बन्धी प्रस्तावसहित विभिन्न ७ वटा विषयमा निर्णय गरेको छ। बुधबार बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकपछि यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले राधाकृष्ण रथयात्रा, छठ पर्वको समापनको दिन, फाल्गुनन्द दिवसको दिन प्रदेश १ मा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिए। यसका लागि आन्तरिक मामिला तथा […]

सम्बन्धित सामग्री

यस्ता छन् प्रदेश १ मन्त्रिपरिषद् बैठकका निर्णय

प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले केही बाधा अड्काउ फुकाउनेलगायतका निर्णयहरू गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विद्यालयमा किशोरी सशक्तीकरण कार्यक्रम निर्देशिका, २०७९ स्वीकृत गरेको छ ।प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार बाधा अड्काउ फुकाउने निर्णयपछि सम्बन्धित मन्त्रालयका मन्त्रीलाई लगानी प्राधिकरणको सदस्य बन्ने बाटो खुल्ने छ । यसैगरी किशोरी सशक्तीकरण कार्यक्रम निर्देशिका, २०७९ जारी पछि

यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ / सरकारले पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशअन्तर्गत ४० जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दोस्रो चरणमा प्रदेश १, वाग्मती र कर्णाली प्रदेशअन्तर्गत ३७ जिल्लामा निर्वाचन निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर पहिलो... The post यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय appeared first on Purbeli News.