रुपन्देहीबाट प्रहरीले हतियारसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला बस्ने मेदी हुसेन, अकबर खान र आसिक अलि छन् । जिल्ला प्रहरी कार्यालयका रुपन्देहीमा प्रवक्ता नवरत्न पौडेलका अनुसार उनीहरुको साथबाट एउटा कटुवा पेस्तोल, केएफ ९एम एम लेखिएको २ राउन्ड गोली र चक्कु १ थान फेला परेको छ । उनीहरु सवार रुपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकल लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ बसपार्क नजिक अनियन्त्रित भई दुर्घटना थियो । मोटरसाइकल दु