भूपू गोर्खाका समस्या सम्बोधन गर्न बेलायत सरकारसँग छलफल

भूतपूर्व गोर्खा सैनिकहरुले पाउने पेन्सन लगायतका सुविधामा भएको असमानताका विषयमा वार्ता गर्न बेलायत सरकार तयार भएपछि लन्डनस्थित नेपाली दूतावासमा आज पहिलो बैठक बसेको छ । संयुक्त अधिराज्यका रक्षामन्त्री बेन वालेस, रक्षा राज्यमन्त्री लियो डोचेर्टी, संयुक्त अधिराज्यका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र भूपू ब्रिटिस गोर्खा संगठनहरूबीच दूतावासमा बुधबार प्रारम्भिक  बैठक बसेको  हो ।बैठकमा भूपू गोर्खाहरुको माग सम्बोधनका लागि विगतमा भएको सहमति अनुरूप भूपू गोर्खाका प्रतिनिधिहरू सम्मिलित नेपा

सम्बन्धित सामग्री

भूतपूर्व गोरखा सैनिकका माग बेलायत सरकारले सम्बोधन गर्नुपर्छ : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले भूतपूर्व गोरखा सैनिकका जायज माग बेलायत सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ।

भूतपूर्व गोर्खा सैनिकका जायज माग बेलायतले सम्बोधन गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौँ : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले भूतपूर्व गोर्खा सैनिकका जायज माग बेलायतले सम्बोधन गर्नुपर्ने बताएका छन्।आइतवार बसेको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल र बेलायत सरकारबीच फेब्रुअरी २१ मा बसेको प्राविधिक समितिको बैठकमा गोर्खा सैनिकका माग सम्बोधन गर्न केही प्रगति भए पनि समान पेन्सन लगायतका मुख्य माग सम्बोधन हुन बाँकी रहेको जिकिर गरे।उनले समितिको अर्को बैठक २०२४ का मार्च २७ मा लण्डनमा हुने र त्यस वेला आफूले भूतपूर्व गोर्खा सैनिकका

नेपाल बेलायत वार्ता: अध्ययन गरेर पुनः वार्ता बस्ने बेलायतको अडान

आन्दोलनरत भूपूगोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत र नेपाल सरकारका प्रतिनिधिबीच औपचारिक वार्ता शुरु भएको छ।...

भूपू गोर्खासँग वार्ता गर्न बेलायत सरकारद्वारा वार्ता समिति गठन

भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत सरकारका तर्फबाट वार्ता टोली गठन भएको छ । रुस युक्रेन युद्धलगायतका विभिन्न कारणले पछिल्लो समय  ढिलाई भइरहेको वार्ता टोली गठन प्रक्रिया अन्ततः टुंगो लागेको छ । बेलायती मन्त्री लियो डोकर्टीको संयोजकत्वमा बेलायत सरकारले ३१ मी मा वार्ता टोली गठन गरेको हो । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईलगायतका सदस्यहरुलाई मंगलबार दूतावासमा बोलाएर सो कुराको जानकारी गरेका हुन् ।नेपाल

बेलायत नेपालको सबैभन्दा पुरानो मित्र : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएको र द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै आपसी सम्बन्ध मित्रता, सद्भाव र पारस्परिक विश्वासको आधारमा कायम रहँदै आएको धारणा व्यक्त गर्नुभएको छ । नेपालका लागि सर्वदलीय संसदीय समूह (एपिपिजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले शनिबार साँझ आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै उहाँले ब्रिटिश …

प्रधानमन्त्री देउवा आज बेलायत जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा ग्लासगोमा आउँदो नोभेम्बर १–२ मा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप २६) पक्षहरूको २६औँ सम्मेलनको विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलायत प्रस्थान गर्ने भएका छन्।देउवा नोभेम्बर १ (कात्तिक १५) मा कोप २६ को उद्घाटनमा सहभागी हुनेछन् र विश्वका नेताहरूको सम्मेलनमा सम्बोधन गर्नेछन्। साथै, प्रधानमन्त्री देउवाले राष्ट्र प्रमुखहरू र सरकार प्रमुखहरूसँग द्विपक्षीय स

प्रधानमन्त्री देउवा शुक्रबार बेलायत प्रस्थान गर्दै

प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । भ्रमणका क्रममा उनी अक्टोबर ३० मा नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्न लागेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधन गर्ने छन् । प्रधानमन्त्री त्यहाँ रहँद

नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग

कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली सङ्घ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ । अध्यक्ष प्रेमगाहा मगरले पठाएको पत्रमा नेपाल र बेलायतबीचको भ्रमणमा देखिएका अव्यवहारिक मापदण्ड हटाउन अनुरोध गरिएको छ ।बेलायती यातायातमन्त्री ग्रान्स साप्सलाई सम्बोधन गरी लेखिएको उक्त पत्रमा भारतलाई रातो सूचीबाट हटाइएको तर कोरोनाको दर क्रमशः घटेको नेपाललाई अझै पनि राखिएकाले यो अव्यवहारिक रहेको उल्लेख गरिएको छ ।बेलायतमा करिब डेढ लाख नेपाली रहेका र गोर्खाका परिवार तथ