उपचार अभावमा मृत्यु, शवसमेत अलपत्र

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारको अभावमा कुनै पनि बिरामीले मर्नु नपर्ने दावी गरेको २४ घण्टा नबित्दै एक युवाले उपचार नपाएरै मृत्युवरण गरेका छन् । धनुषाको मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा करिब एक सातादेखि बस्दै आएका ४० वर्षीय लोकबहादुर परियारको उपचार अभावमा मृत्यु भएको हो ।कोरोना लागेको शंकाको आधारमा चेकजाँचका लागि जनकपुरधामस्थित सरकारी तथा निजी अस्पतालले भर्ना नलिँदा उनको मृत्यु भएको छ ।ज्वरो, रुघाखोकी लागेका उनलाई परिवारजनले भाइरल ज्वरो रहेको भन्दै घरमै उपचार गर्दै आएका थिए

सम्बन्धित सामग्री

प्राथमिक स्वास्थ्य केन्द्रको भवन अलपत्र छाडेर ठेकेदार फरार

मन्थली नगरपालिका– ११ गेलुमा निर्माणाधिन प्राथमिक स्वास्थ्य केन्द्रको भवन अलपत्र छाडेर ठेकेदार फरार भएका छन्। प्राथमिक स्वास्थ्य केन्द्रको भवन नहुँदा अस्पतालमा उपचार लिन आउने विरामीलाई असहज हुँदै आएको छ। उपचार लिन...

विदेशी अस्पताल चहार्दै नेपालका विशिष्ट व्यक्ति, अलपत्र वीरको विशिष्ट उपचार कक्ष

काठमाडौं : स्वास्थ्य समस्या भएपछि यतिखेर राष्ट्रपति रामचन्द्र पौडेल दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा उपचाररत छन्।यसअघि नियमित रूपमा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका राष्ट्रपति पौडेल बुधबार निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र अन्य सहयोगीका साथ एयर एम्बुलेन्समार्फत दिल्लीस्थित एम्स अस्पताल पुगेका हुन्।उनको गत १८ देखि २२ चैतसम्म शिक्षण अस्पतालमै भर्ना गरेर उपचार गरिएको थियो। एन्टीबायोटिक पूरा चलाउँदा समेत सुधार नभएपछि च

ठेकेदारको लापरवाहीले स्वास्थ्यचौकी अलपत्र

बागलुङको तमानखोला गाउँपालिकाका स्थानीयले स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइमा उपचार गराउँदै आएका छन्। यहाँ अहिलेसम्म ठूलो अस्पताल बनेका छैनन्।

जो उपचार खर्च तिर्न नसक्दा चार दिनदेखि गंगालाल अस्पतालमै अलपत्र छन्

काठमाडौं । ‘हार्ट अट्याक’ भएपछि काठमाडौंको बासबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा फलोअपका लागि पुगेका सर्लाहीका ६० वर्षीय राम औतार महतोलाई चिकित्सकले गत बिहीवार नै ‘डिस्चार्ज’ गर्ने भनेका थिए । तर, त्यसको चार दिनसम्म पनि उनको ‘डिस्चार्ज’ भएको छैन । रोग झन् बल्झेर वा अन्य स्वास्थ्य समस्याका कारण उनले अस्पतालमै बस्नुपरेको भने होइन, त्यसको कारण हो– उनीसँग अस्पताललाई तिर्ने पैसा नहुनु ।  ‘बुबाको उपचार गर्ने डाक्टरले गत बिहीवार पैसा तिर्नुस् डिस्चार्ज गरिदिन्छु भन्नुभएको थियो । तर, अस्पताललाई तिर्नुपर्ने पैसा बुझाउन सकिएन,’ उनीसँग आएका छोरा १८ वर्षीय सञ्जीवकुमार महतोले भने ।  उपचार खर्चबापतको रकम तिर्न नसकेपछि अस्पतालमै अलपत्र परेका छन् उनीहरू । अस्पताललाई ५२ हजार रुपैयाँ तिर्न बाँकी रहेको सञ्जीवले बताए । ‘उक्त रकम तत्काल जुटाउने हाम्रो परिवारको सामर्थ्य छैन । परिवारको आयस्रोत केही छैन, भएको अन्नजति सबै बेचिसके,’ उनले सुनाए । उनको बोलीले मात्रै होइन, पहिरनमा पनि विपन्नता झल्किन्थ्यो । झुत्रे जाकेट-पाइन्ट र सिलाएको प्लास्टिकको चप्पल लगाएका छन् उनले ।  राम औतारका छोरा सञ्जीव ।  अस्पताललाई तिर्ने रकम जुटाउन उनले आफन्त र छिमेकीलाई पनि गुहारे । बिहीवारयता हरेक दिन उनी आफन्त र छिमेकीलाई पैसाका लागि फोन गरिरहेका छन् । तर, कहीबाट पनि सहयोग पाएनन् उनले ।  रकम नजुटेपछि अस्पताल प्रशासनसँग पनि आफ्नो समस्या सुनाए सञ्जीवले । तर, त्यहाँबाट पनि निराश भए उनी ।  अस्पताल प्रशासनका एक कर्मचारीले कार्यकारी निर्देशकबाहेक अन्यले छूट दिन नमिल्ने बताएपछि उनी कार्यकारी निर्देशकलाई भेट्न पनि गए । तर, भेट्न पाएनन् । ‘कार्यकारी निर्देशकज्यूलाई भेट्न खोज्दा सेक्युरिटी गार्डले 'भित्र हुनुहुन्न' भन्दै फिर्ता पठाइदिनुभयाे,’ उनले सुनाए ।  अस्पतालले प्रशासनका कर्मचारीले सम्बन्धित चिकित्सकको सिफारिसमा जयन्ती ट्रस्टमार्फत १० हजार रुपैयाँसम्म छूट दिन सकिने बताएको उनले बताए । त्यो रकम पाए पनि आफूलाई नपुग्ने उनको भनाइ छ ।  उनलाई अस्पतालको खर्च जुटाउन नसक्दाको चिन्ता त छँदै थियो । डाक्टर र नर्सको व्यवहारले झनै दुःखी बनायो । ‘अस्पताललाई तिर्नुपर्ने खर्चबारे सुझाव माग्दा डाक्टर र नर्सहरूले अभद्र व्यवहार गर्नुभयो,’ उनले दुखेसो सुनाए, ‘उहाँहरूले पैसा नभए किन उपचार गर्न आएकोसम्म भन्नुभयो ।’  चार दिनदेखि अस्पतालमा भौतारिँदा पनि उनले आशा भने मारेका छैनन् । ‘आफन्त र छिमेकीलाई फोन गरिरहेको छु । सहयोग पाइन्छ होला,’ उनले सुनाए ।  ००० ‘हार्ट अट्याक’ भएपछि गत पुस २४ गते गंगालाल अस्पताल भर्ना भएका थिए रामऔतार । त्यतिबेला ४/५ दिन उपचारपछि ‘डिस्चार्ज’ भएका उनलाई १ महीनापछि फलोअपका लागि बोलाइएको थियो । त्यही फलोअपका लागि यही फागुन ३ गते उनी अस्पताल भर्ना भएका थिए ।  उपचारका लागि लिएका थिए ७० हजार ऋण  उनको परिवारको आयस्रोत कृषि हो । अर्थात् कृषिजन्य उपज बेचेरै उनको परिवारले घर खर्च चलाइरहेको छ । त्यही रकमबाट घरखर्चसँगै ३ जनाको पढाइ खर्च पनि जुटाउनुपर्छ उनको परिवारले । ‘परिवारको कसैलाई उपचार गर्नुपर्ने अवस्था आए आफन्त र छिमेकीसँग ऋण लिनुपर्छ,’ उनले सुनाए ।  बुबाको उपचारका लागि काठमाडौं आउँदा पनि उनले तीन जनासँग ७० हजार रुपैयाँ ऋण लिएका थिए । यससँगै अन्न बेचेको २० हजार पनि थियो उनीसँग । बुबाको उपचारमा यो रकमसँगै विपन्न नागरिकले राज्यबाट पाउने उपचार रकमको १ लाख रुपैयाँ सकिएको उनले बताए ।  ००० सरकारले विपन्न वर्गलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने नीति ल्याएको छ । तर, लक्षित समुदायले यसको अनुभूति गर्न सकेका छैनन् । सरकारले विपन्न वर्गका नागरिकलाई उपचार खर्चबापत रकम दिने गरेको भए पनि कतिपयलाई त्यो रकम पर्याप्त देखिँदैन । विपन्न नागरिकले स्वदेशमै निःशुल्क स्वास्थ्य सेवा पाउने दिन कहिले आउला ?

अलपत्र श्रमिकको उद्वार र राहतका लागि २ अर्ब खर्च

सरकारले वैदेशिक रोजगारीका क्रममा अलपत्र, मृत्यु र बिरामी भएका श्रमिकको सहयोगका लागि २ अर्ब खर्च गरेको छ ।वैदेशिक रोजगारीका क्रम फौजदारी अभियोग लागेका, सुरक्षित गृह निर्माण, अलपत्र शव स्वदेश ल्याउन, उपचार र कोभिड संक्रमणका बेला उद्धारका लागि मात्र २ अर्ब १ लाख रुपैयाँ खर्च गरेको हो । वैदेशिक रोजगार बोर्डका निर्देशक टिकामणि नेउपानेले सो अवधिमा […]

साउदीमा अलपत्र रानाको उपचार र उद्धारमा सरकारको पहल

काठमाडौँ – सरकारले रोजगारीका क्रममा साउदी अरबको जेद्धामा पुगेर अलपत्र परेका जाजरकोटका आइस रानाको उपचार र उद्धारको पहल थालेको छ । कोठामा गम्भीर अवस्थामा छट्पटाइरहेका रानाको भिडियो सामाजिक सञ्जालमा व्यापक बनेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको निर्देशनमा सरकारी अधिकारीहरू उनको उद्धारमा जुटेका हुन् । राना पीडाले छट्पटाइरहेको तस्बिर र भिडियो सार्वजनिक भएपछि आज […]

साउदी अरवको जेद्दामा अलपत्र नेपालीको उपचार र उद्धारका लागि श्रममन्त्रीको प्रयास

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरवको जेद्दास्थित कोठामा छटपटाइरहेका श्रमिकको भाइरल भिडियोबारे चासो राख्दै उपचार र उद्धारका लागि पहल गरेका छन् ।

जनशक्ति अभावमा दुई वर्षदेखि भेन्टिलेटर अलपत्र

लमजुङ-जिल्ला अस्पताल लमजुङमा भेन्टिलेटर सहित सघन उपचार कक्ष (आईसिसियु) सञ्चालनका लागि ल्याएको उपकरण दुई वर्षदेखि अलपत्र परेको छ । कोरोना संक्रमण शुरु भएसँगै तत्कालिन आवश्यकतालाई मध्यनजर गरी ल्याइएको भेन्टिलेटर सहितको आईसियु उपकरण कोरोना तेश्रो लहर शुरु हुँदासम्म पनि शुरु हुन नसकेको हो ।आवश्यक जनशक्ति नहुँदा भेन्टिलेटर सहित सघन उपचार कक्ष सञ्चालनका गर्न नसकिएको अस्पतालले जनाएको […]

मेरा पिकमा अलपत्र परेका पाँच जनालाई उद्धार गरेर काठमाण्डौ ल्याइयो

साेलुखुम्बु – सोलुखुम्बुको मेरा पिक आरोहणमा गएका चार जना पर्यटक र एक जना पथ प्रदर्शकलाई उद्धार गरेर काठमाण्डौ ल्याइएको छ । नेपाल पर्वतारोहण सङ्घले सम्बन्धित ट्रेकिङ कम्पनीको समन्वयमा पाँच जनालाई काठमाण्डौ ल्याएर ग्रान्डी अस्पतालमा उपचार गराइरहेको जानकारी दिएको छ । मेरा पिक आरोहणका लागि गएकाहरू बाक्लो हिमपातका कारण अलपत्र परेका थिए । हिमपातमा परेर एक जना भरियाको ज्यान गएको छ भने एक जना बेपत्ता छन् । यस्तै शेर्पा इभेन्ट अर्गनाइजेशनका सदस्यलाई उद्धार गरेर लुक्ला लगिएको पनि पर्वतारोहण सङ्घले जनाएको छ ।&...

बेनी अस्पताल भवन अलपत्र

म्याग्दीको बेनी अस्पतालको भवन निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवी सिंहले कार्ययोजना अनुसार काम नगर्दा करिब दुई वर्षदेखि भवन अलपत्र परेको छ । २० महिनाअघि नै सम्पन्न गर्ने सम्झौता गरेका निर्माण व्यवसायीहरूको विवाद अदालत पुगेपछि अधुरो भवन निर्माणकार्य पनि अन्योलमा परेको हो । कोभिडको उच्च जोखिम रहेको सदरमुकाम बेनीमा अस्पतालको बिरामी उपचार […]