बलात्कार प्रयासपछि नौ वर्षिया बालिकाको घाँटी रेटेर हत्या

  सप्तरी, राजविराज । प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी ९ वर्षिया बालिकाको घाँटी रेटी हत्या गरिएको घटनामा गाउँकै एक यूवाको संलग्नता पुष्टि गरेको छ । स्थानिय १९ वर्षिय रोहित कुमार यादवले बलात्कार प्रयास बिफल भएपछि आफ्नो पहिचान खुल्ने डरले बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ । शुक्रबार बाख्रा चराउन गएकी डाक्नेश्वरी नगरपालिका ३ की नौं वर्षिया […] The post बलात्कार प्रयासपछि नौ वर्षिया बालिकाको घाँटी रेटेर हत्या appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

सम्बन्धित सामग्री

भागरथीको बलात्कार र हत्या आरोपी दिनेश भट्ट सार्वजनिक

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले आज (बुधबार) सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आरोपीले भागरथीलाई घाँटी रेटेर हत्या गरेको र त्यसपछि बलात्कार प्रयास गरेको बयान दिएको सुदूरपश्चिमका प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले बताउनुभयो । डीआईजी सुवेदीका अनुसार दिनेशले शुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन् । हत्यापछि पाइन्ट घुँडासम्म तानेर बलात्कार गरेको अनुसन्धानबाट देखिए पनि निष्कर्षमा पुग्न बाँकी रहेको उहाँको भनाइ छ । डीआईजी उत्तमराज सुवेदीले पीडितको जाहेरी र प्रमाणका आधारमा पक्राउ गरिएको बताउनुभयो । घटनामा दिनेशको मात्रै संलग्नता पाइएको उहाँको भनाई छ । प्रहरीले त्रुटिरहित ढंगले अनुसन्धान गरेको सुवेदीको दाबी छ । अब फरेन्सिक ल्याब लगायत अन्य रिपोर्टहरु आएपछि थप तथ्यहरु बाहिर ल्याउने सुवेदीले बताउनुभयो । स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी गएको माघ २१ गते साँझसम्म विद्यालयबाट घर फर्केकी थिइनन् । उनी २२ गते बिहान कच्ची सडकको ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । अनुन्धानका क्रममा घटनामा दिनेशको संलग्नता खुलेपछि उनलाई हिजो पक्राउ गरिएको हो ।