कृषि मन्त्रीले खुलाए मल ल्याउन नसक्नुको कारण

बोलपत्रको लामो प्रक्रियाका कारण किसानले खोजेको समयमा मल उपलब्ध गराउन समस्या भएको सरकारले बताएको छ । बोलपत्रमा सहभागी हुने व्यवसायीलाई विश्वास गर्दा समेत कतिपय अवस्थामा दुःख पाइएको र किसानले समयमा रासायनिक मल प्राप्त गर्न नसकेको भन्दै त्यसमा सुधारको आवश्यकता औँल्याइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले रासायनिक मलको विषय देशको साझा समस्या भएकाले समाधानका लागि सबैको सार्थक पहल जरुरी रहेको बताए । उनले सहजरूपमा रासायनिक मल आयातका लागि सरकारीस्तरमा (जीटुजी) नै विशेष पहल गर्नुपर्ने र त्यसका लागि सरकार लागिपरेको जानकारी दिए ।बोलपत्र प्रक्रियाबाट मलखाद उपलब्ध हुन नसक्ने यो ठेक्का प्रणालीबाट नहुने भएकाले त्यसमा सुधार गर्नुपर्नेमा उनको जोड थियो । मन्त्री यादवले रासायनिक मल कारखाना स्थापना गर्नु नै सबैभन्दा उत्तम विकल्प रहेको बताए । लगानी बोर्डले रासायनिक मल कारखाना स्थापनाका सम्बन्धमा छलफल भइरहेको भन्दै उचित निष्कर्ष निकाल्न आग्रह गरे । मन्त्री यादवले भारत सरकारसँग जीटुजीमार्फत पाँच लाख मेट्रिक टन मल उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिँदै उनले चालु आवमा एक लाख ५० हजार मेट्रिक टन उपलब्ध गराउने सहमतिअनुसार मल आयात भइरहेको बताए । भारत सरकारसँगको छलफलका आधारमा ५० हजार मेट्रिक टन बढी रासायनिक मल असारको दोस्रोदेखि तेस्रो सातासम्म आइपुग्ने उनको भनाइ छ । विश्व बजारमा नै इन्धनलगायतका मूल्यमा भएको वृद्धिका कारण सहजरूपमा रासायनिक मल उपलब्ध हुन नसकेको मन्त्री यादवले तथ्य पेश गरे । भारतमा वैकल्पिकरूपमा ‘तरल नाइट्रोजन’ प्रयोग भइरहेको र नेपालमा पाँच लाख लिटर उपलब्ध भइसकेको र बाँकी ४५ लाख लिटर आउने क्रममा रहेको यादवले सदनलाई जानकारी दिए । सरकारले भारत, चीन, कुवेत, साउदी अरब, तुर्कमेनिस्तानलाई रासायनिक मल उपलब्ध गराइदिन पत्राचार गरेको भए पनि कुनै जानकारी नआएको मन्त्री यादवले जानकारी दिए । चालु आवका लागि रासायनिक मलका लागि रु १५ अर्ब बजेट विनियोजन भएकामा थप रु १२ अर्ब ७१ करोड बराबरको स्रोत सुनिश्चित भएको जानकारी दिए । पछिल्ला दिनमा रुस र युक्रेन सङ्घर्षका कारण विश्व बजारमा नै मलको मूल्य वृद्धि भएकाले त्यसको मारमा नेपाल परेको मनत्री यादवको भनाइ छ । मन्त्री यादवले भने , “सबै मिलेर यसको समाधान गरौँ । यो महिनाभरिमा रासायनिक मल उपलब्ध गराउने कार्यमा सबैको सहयोग जरुरी छ ।” मन्त्री यादवले देश र जनताको दायित्व सम्झेर सांसदहरुले आफ्नो धारणा राखेकोमा धन्यवाद व्यक्त गरे । सम्झौताको समयभित्र रासायनिक मल नल्याउने व्यवसायीको ठेक्का रद्द गरी कारबाहीको प्रक्रिया अगाडि बढाइएको मन्त्री यादवले जानकारी दिए । चीनबाट आयात गरिएको कूल २३ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न लागिएकामा सात हजार मेट्रिक टन आयात भइसकेको भए पनि व्यवसायीको समयावधि सकिएकाले अब कुन प्रक्रियाबाट त्यसलाई मिलाउने भन्नेबारेमा छलफल जारी रहेको बताए । 

सम्बन्धित सामग्री

कृषि सामग्रीको गोदाममा रहेको ६ ट्रक मल पर्साका किसानको कब्जामा

२९ साउन, वीरगञ्ज । पर्साका किसानले कृषि सामग्री कम्पनी लिमिटेडको गोदामबाट ६ ट्रक रासायनिक मल कब्जा गरेका छन् । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई साथ लिएर किसानले कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको भुटनदेवीस्थित गोदामबाट मल नियन्त्रणमा लिएका हुन् । जिल्ला कृषि सहकारी संघका अध्यक्ष शिवकुमार साहले मेयर सिंहकै अगुवाइमा मल नियन्त्रणमा लिएको बताए । […]

किसानलाई मल दिनु पहिलो प्राथमिकता : नवनियुक्त कृषि मन्त्री यादव

काठमाण्डाै – नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।  आज सोमवार मन्त्रालयमा पुगेर पदबहाली गरेसँगै सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो । उहाँले मलको अभाव भएको र किसानले मल नपाएको भन्दै आफ्नो पहिलो प्रयास किसानसमक्ष मल पुर्‍याउनुभएकाे सुनाउनुभयाे ।    मन्त्री यादवले बाँकी काम मन्त्रालयको ब्रिफिङ सुनेसँगै तय गर्ने जानकारी दिनुभयो । उहाँले...

असारको अन्तिमसम्म मल आइपुग्ने सम्भावना छ : कृषि मन्त्री यादव

३० जेठ, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले असारको अन्तिमसम्म आवश्यक मल नेपाल आइपुग्ने सम्भावना रहेको बताएका छन् । नेकपा एमालेले सोमबार प्रतिनिधिसभामा प्रस्तुत गरेको मल अभाव सम्बन्धी प्रस्तावमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले असारको अन्तिमसम्म मल आउने सम्भावना रहेको बताएका हुन् । उनले मल ल्याउने ग्यारेन्टी गर्न […]

असार मसान्तसम्म एक लाख ९२ हजार मेट्रिकटन मल उपलब्ध हुन्छ : कृषि मन्त्रालय

२५ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालको मल अभावको अवस्था असार मसान्तसम्म हल हुने दाबी गरेको छ । एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले विभिन्न प्रक्रियाबाट मल आपूर्तिका लागि प्रयास भइरहेको जनाएको हो । मल खरिदका लागि कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ र सरकारले जीटूजीबाट गरेको पहलबाट मल ल्याउन प्रयास भइरहेको दाबी मन्त्रालयको […]

किसानलाई मल पाउनै मुस्किल, कृषि उत्पादन कम हुन थाल्यो

चितवनको भरतपुर–१३ का किसानहरूलाई सहज रूपमा रासायनिक मल वितरण गर्ने उद्देश्यले गत वर्ष पाखुरीचोक कृषि सहकारी संस्था स्थापना गरियो । तर, महानगरले दर्ता गरेको दुई वर्ष पूरा नभएसम्म मल वितरणका लागि...

रासायनिक मल किन्न कृषि मन्त्रालयले माग्यो १२ अर्ब

५ फागुन, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल खरीद गर्न अर्थ मन्त्रालयसंग १२ अर्ब रुपैयाँ माग गरेको छ । आगामी आर्थिक वर्षको बजेटबाट छुट्याइने गरी यसै वर्ष टेण्डर गर्न उक्त रकमको सहमति माग गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । अर्को वर्ष मल अभाव नहुने गरी अहिले नै खरीद प्रक्रिया […]

पैसा तिरेको मल समेत चीनमा अड्कियो : कृषि मन्त्री यादव

१९ पुस, काठमाडौ । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले पैसा तिरेको मल समेत चीनमा अड्किएका कारण देशैभर रासायिनक मल अभाव भएको दाबी गरेका छन् । प्रतिनिधीसभा अन्र्तगत अर्थ समितिमा सोमबार आयोजित छलफलमा मन्त्री यादवले मल बिक्री नगर्ने चिनियाँ नीति र अन्तराष्ट्रिय बजारमा बढेको मूल्यका कारण मल अभाव भएको दाबी गरे । मल […]

कृषि सामग्री कम्पनीद्वारा कम गुणस्तरको मल बिक्री

काठमाडौँ । बुटवल, कृषि सामग्री कम्पनीले कम गुणस्तरको भन्दै एक हप्ता वितरण बन्द गरेको युरिया मल पुन: सहकारीलाई बाँड्न थालेको छ । आपूर्तिकर्ता ठेकेदारको दबाबमा कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाबाट युरिया मलको वितरण पुनः सुचारु गरेको हो । अभावको मौका छोपी तोकिएको भन्दा कम गुणस्तरको मल जानाजान वितरण हुन थालेको छ । स्विच सिंगापुर कम्पनीले […]

रासायनिक मल आयात तथा वितरण व्यवस्थापनका लागि यस्तो छ कृषि मन्त्रालयको कार्ययोजना

काठमाडौँ । रासायनिक मल आयात तथा वितरण व्यवस्थित गर्न सरकारले कार्ययोजना बनाएको छ । मल आयातमा देखिएका समस्या समाधानका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ११ बुँदे कार्ययोजना बनाएको हो ।  मल आयात र तथा वितरण व्यवस्थित गर्न नीति नियमहरू समयानुकूल परिमार्जन गर्नुपर्ने देखिएकाले सोही अनुरूप कार्ययोजना बनाएको मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यले जानकारी दिए । […]

बङ्गलादेशबाट आइपुग्यो सबै मल

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बङ्गलादेशसँग गरेको जीटुजी (सरकार–सरकार) सम्झौताअनुसार सम्पूर्ण मल नेपाल आइपुगेको छ । कृषि मन्त्रालयले ५० हजार मेट्रिक टन युरिया मल लिने भनी बङ्गलादेश सरकारसँग जीटुजी सम्झौता गरेको थियो । सोही सम्झौताबमोजिम तीन लटमा सबै मल नेपाल ल्याइसकेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले जानकारी दिए । उनले भने, “अरू ठाउँभन्दा त्यहाँ सस्तोमा मल पाएका कारण थप दुई हजार मेट्रिक टन युरिया मलसमेत गरी ५२ हजार मेट्रिक टन मल नेपाल आइसकेको र बिक्री वितरणसमेत सुरु भइ...