अब देशभर ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला ११ मात्र

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार पछिल्ला दिन देशभर कोरोना संक्रमितको संख्या घटिरहेको छ। आज पाँचभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला मात्र ११वटा रहेको मन्त्रालयले जनाएको छ। केही साता अघिसम्म नेपालका ५०भन्दा बढी जिल्ला दैनिक सक्रिय संक्रमितको संख्या पाँचसयभन्दा बढी रहेको थियो। आज पाँचसयभन्दा सक्रिय संक्रमित रहेका जिल्लामा मोरङ,झापा, सुनसरी,काठमाडौं,ललितपुर,भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, रुपन्देही र सुर्खेत छन्।

सम्बन्धित सामग्री

देशभर ९७ जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमित थपिएका छन्। ३ हजार ४७ जनामा गरिएको परीक्षणमा ९ जना संक्रमित थपिएका हुन्। आज थप १३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ९७ रहेको छ। आइसियूमा र भेन्टिलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ। सक्रिय संक्रमित शून्य रहेका जिल्ला ३५ वटा रहेको मन्त्रालयले जनाएको छ।

कोभिड अपडेट : आज भेटिए १९ जना संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १९ जना कोभिड १९ का संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ४ हजार १९७ जनामा गरिएको परीक्षणमा १९ जना संक्रमित भेटिएका हुन्।आज १८ जना बिरामी संक्रमणमुक्त भएका छन् भने हाल देशभर १ सय ४९ जना सक्रिय संक्रमित रहेका छन्।जसमा काठमाडौं उपत्यकाका दुई जिल्ला काठमाडौं र ललितपुरमा गरी ४४ जना सक्रिय संक्रमित रहेका छन्। भक्तपुर संक्रमणमुक्त रहेको छ।यस्तै नेपालमा हालसम्म ९५ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाएका छन्।

कोरोना अपडेट : देशभर २०५ जना सक्रिय संक्रमित, आज थपिए १४ जना

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १४ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्।२ हजार ७ सय १६ जनामा गरिएको परीक्षणमा १४ जना संक्रमित भेटिएका हुन्। आज २१ जना संक्रमित संक्रमण मुक्त भएका छन्। हाल देशभर २ सय ५ जना कोभिडका सक्रिय संक्रमित रहेका छन। नेपालमा हाल ९५ प्रतिशत जनसंख्याले कोभिड बिरुद्धको खोप लगाइसकेका छन्। हाल देशभर ३१ वटा जिल्ला कोभिड मुक्त भइसकेका छन्।

३० जिल्ला कोरोनमुक्त, काठमाडौंबाहेक सबैमा सक्रिय संक्रमित २० भन्दा कम

काठमाडौं । कोभिड १९ का सक्रिय संक्रमित शून्यमा झरेसँगै नेपालका ३० जिल्ला कोरोनामुक्त भएका छन् । काठमाडौंमा सबैभन्दा बढी सक्रिय संक्रमित छन् । अन्य सबै जिल्लामा यो संख्या २० भन्दा कम रहेको छ । देशभर २२१ जना सक्रिय संक्रमित रहँदा २१५ जना होम आइसोलेसनमा र ६ जना अस्पतालमा उपचाररत छन् । नेपालमा आजसम्म...

संक्रमणमुक्त हुने एक्लो जिल्ला बन्यो मनाङ

मनाङ सक्रिय संक्रमित शून्य हुने पहिलो जिल्ला बनेको छ । ओमिक्रोन भेरियन्ट फेला परेसँगै नेपालमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु भएयता मनाङमा पहिलो पटक सक्रिय संक्रमितको संख्या शून्यमा पुगेको हो ।हाल देशभर ५२ हजार ७८० जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ५ सयभन्दा सक्रिय संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् । सबैभन्दा धेरै सक्रिय संक्रमित काठमाडौँमा रहेका छन् । का

नौ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित, तीन जनाको मृत्यु

पछिल्लो समय देशभर कोभिड-१९ संक्रमण तीव्र गतिमा बढेको छ । गत हप्ता देशभरका पाँच जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेकामा आजसम्ममा नौ जिल्ला पुगेको छ । हाल देशभरका नौ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमित ५ सयभन्दा बढी रहेका जिल्ला अब मात्र ८ वटा

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका ७७ जिल्लामध्ये ८जिल्लामा मात्र सक्रिय कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको बताएको छ। केही दिनअघिसम्म ५० भन्दा बढी जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको थियो। आज मोरङ, झापा, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र कास्की मात्र सक्रिय संक्रमित ५ सयभन्दा बढी छन्। हाल देशभर कोरोना संक्रमण घट्दो क्रममा छ।

यी हुन् ५०० माथि सक्रिय संक्रमित रहेका १२ जिल्ला

काठमाडौं । कोरोनाभाइरसको दोस्रो लहरसँगै देशभर संक्रमितको संख्या बढ्दो छ । हाल देशका विभिन्न १२ जिल्लामा ५०० भन्दा माथि सक्रिय संक्रमितहरु छन् । यस्तै, २०० भन्दा माथि सक्रिय संक्रमित रहेका जिल्लाको संख्या १६ पुगेको छ । ५०० भन्दा माथि सक्रिय संक्रमित रहेका जिल्लामा मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके,...

देशभर १२ जिल्लामा ५०० बढी कोरोनाका सक्रिय संक्रमित [सूचीसहित]

सक्रिय कोरोना भाइरस संक्रमित ५०० बढी भएका जिल्लाको संख्या शनिवारसम्म १२ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार बागमती प्रदेशमा ५०० बढी संक्रमित भएका धेरै जिल्ला छन् । बागमतीमा काठमाडौं, भक्तपुर, ललितपुर र चितवनमा ५०० बढी सक्रिय संक्रमित छन् । १ नम्बर प्रदेशको मोरङ, २ नम्बर प्रदेशको पर्सा, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, बाँके र रुपन्देही, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा ५०० बढी सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमित २०० बढी रहेका...

रोल्पामा सक्रिय संक्रमित घरमै, अझै बनाइएन क्वारेन्टिन र आइसुलेसन

कोरोना संक्रमणको दोस्रो लहर सुरु भइ देशभर संक्रमित संख्या बढिरहेका भएपनि रोल्पामा अहिलेसम्म कुनै सुरक्षा मापदण्ड अपनाइएको छैन । केन्द्र सरकारले जारी गरेको सुरक्षा मापदण्डलाई लागु गर्ने निर्णय गरेको जिल्ला...