हिमालय भेगान महोत्सव नेपाल र भुटानमा हुने [भिडियोसहित]

हिमालय भेगान महोत्सव २०२२ नेपाल र भुटानमा हुने भएको छ ।  काठमाडौंमा २०७९ वैशाख २ देखि ४ सम्म र भुटानको राजधानी थिम्पुमा वैशाख ५ देखि ७ गतेसम्म हुने भएको हो ।  यो महोत्सव शाकाहारी भोजन, शाकाहारी व्यक्तित्व, शाकाहारी जीवनशैलीको प्रवर्द्धनको लागि चालिएको एउटा महत्त्वपूर्ण कदम भएको आयोजक वर्ल्ड भीगन अर्गनाइजेसन नेपालले जनाएको छ ।  यस्तो प्रकारको महोत्सव यस क्षेत्रमा पहिलो र ऐतिहासिक हुने आयोजकले विश्वास लिएको छ ।  आयोजकका अनुसार महोत्सवलाई रमाइलो र ज्ञानवर्द्धक बनाउन पाक कलाको प्रदर्शनी, म्यारा...