सिर्दिबास डिपोमा दुई हजार क्विन्टल चामल ढुवानी

उत्तरी गोरखामा यस वर्ष समयमै चामल ढुवानी भएको छ । ठेक्का प्रक्रिया र बाटो अबरुद्ध भएका त्यहाँ चामल ढुवानी हुन सकेको थिए । तर, तेश्रो पटक आह्वान भएको बोलपत्र स्वीकृत भएसँगै छ महिनापछि उत्तरी गोरखामा सहुलियतको चामल पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखाले बताएको छ । आर्थिक वर्ष २०७८/७९ का स्वीकृत दुई हजार क्विन्टल खाद्यान्न ढुवानी गरिएको कम्पनीका सूचना अधिकारी शिव सुनारले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

सिर्दिबास डिपोमा चामल ढुवानी

उत्तरी गोरखाको सिर्दिवास डिपोमा दुई हजार क्विन्टल चामल ढुवानी भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाबाट स्वीकृत उक्त परिमाणको खाद्यान्न ढुवानी सकिएको कम्पनीका सूचना अधिकारी शिव सुनारले बताए ।

हेलिकप्टरमार्फत सिर्दिबास पुर्‍याइयो १५० क्विन्टल चामल

असार २७, गोरखा । सडक मार्ग र खच्चडबाट समेत ढुवानी सम्भव नभएपछि उत्तरी गोरखाको सिर्दिबासमा हेलिकप्टरबाट १५० क्विन्टल चामल पुर्‍याइएको छ । बाढीपहिराका कारण सदरमुकामसम्म जोडिने सडक तथा पैदल मार्गसमेत अवरुद्ध भएपछि ती क्षेत्रमा खाद्यान्न लगिइएको हो । खाद्य तथा व्यापार कम्पनी लिमिटेडले नेपाली सेनाको हेलिकप्टरमार्फत चामल ढुवानी गरेको लिमिटेडका सूचना अधिकारी शिव सुनारले जानकारी दिए । उनका अनुसार अनुदानका चामल सिर्दिबास पुर्‍याइएको हो । प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलका समन्वयमा दुई दिन लगाएर शनिवार साँझसम्ममा चामल सिर्दिबास डिपोमा पुर्‍याइएको उनले बताए । जिल्लाको चुमनुव्री गाउँपालिका क्षेत्रमा पर्ने सिर्दिबास डिपोबाट सर्दीबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक र ल्हो क्षेत्रका बासिन्दलाई सहुलियतमा चामल उपलब्ध गराइँदै आइएको छ । ‘बाढीपहिरोले सडक मार्ग मात्र होइन खच्चड हिँड्न सक्ने समेत बाटो नभएपछि जिल्ला प्रशासन कार्यालयका पहलमा सेनाको हेलिकप्टर मगाइ दुई दिन गरेर चामल पठाइएको छ’, सूचना अधिकारी सुनारले भने, ‘मौसम खराबीका कारण भनेको समयमा हेलिकप्टर आउन नसक्दा असार २३ गतेपछि दोस्रो पटक शनिवार थप चामल सिर्दिबास पुर्‍याउन सम्भव भएको हो ।’ पहिलो पटक ८५ क्विन्टल र दोस्रो पटक ६५ क्विन्टल चामल डिपोमा पुर्‍याएर सुरक्षित भण्डारण गरिएको उनले बताए । कम्पनीले यस बर्ष सिर्दिबास डिपोमा तीन हजार ५०० क्विन्टल चामल ढुवानी गर्नुपर्नेमा गत जेठ अन्तिम सातादेखि नै अविरल वर्षा शुरु भएपछि चामल लैजान सकिएको थिएन । हेलिकप्टरमार्फत डिपोमा पुर्‍याइएको चामल अरुवा मन्सुली प्रतिकिलो ५० रुपैयाँ ३० पैसामा बिक्री गरिने सिर्दीबास डिपोले जानकारी दिएको छ । रासस

सडकमार्ग अवरुद्ध भएपछि हेलिकप्टरबाट सिर्दीबास पुर्‍याइयो चामल

असार २४, गोरखा । बाढी र पहिराले सडकमार्ग अवरुद्ध भएपछि उत्तरी गोरखामा हेलिकप्टरमार्फत चामल ढुवानी  गरिएको छ ।  नेपाली सेनाको हेलिकोप्टर मार्फत् बुधवार करीब ८५ क्विन्टल चामल पुर्‍याइएको चुमनुब्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । खाद्य तथा व्यापार कम्पनी लिमिटेडका सहुलियतका चामल सिर्दीबास पुर्‍याएको उनले बताए । जेठको अन्तिम सातादेखि नै लगातार परेको अविरल वर्षाका कारण सो गाउँपालिकामा सडक तथा पैदलबाट समेत अवरुद्ध भएपछि चामल ढुवानी गर्न समस्या हुँदै आएको थियो । ‘चामल ढुवानीका लागि अहिले त्यस क्षेत्रमा खच्चडसमेत हिँड्ने बाटो छैन’, उनले भने, ‘कुनै विकल्प नभएपछि हारगुहार गर्दा गृहले सेनाको हेलिकप्टर उपलब्ध गराइदिएपछि चामल ढुवानी गर्न सम्भव भएको हो ।’ हेलिकप्टरबाट दुवानी गरिएको चामल खाद्य तथा व्यापार कम्पनी लिमिटेड सिर्दिबास डिपोमा राखिएको उनले बताए । लगातारको अविरल वर्षाका कारण आएको बाढीपहिराले सडक, पैदल बाटोसँगै सञ्चार सम्पर्कसमेत बिच्छेद बनेको अध्यक्ष गुरुङले बताए । मौसम सफा भएलगत्तै हेलिकोप्टरबाट थप चामल ढुवानी गरिने उनले जानकारी दिए । लिमिटेडले सिर्दिबास डिपोमा १५० क्विन्टल पुर्‍याउने योजना रहेको कार्यालयका सूचना अधिकारी शिव सुनारले जानकारी दिए । कम्पनीले चालू आवमा तीन हजार ५०० क्विन्टल चामल ढुवानी गनुपर्नेमा अहिलेसम्म दुई हजार क्विन्टल मात्र सिर्दिबास पुर्‍याएको छ । रासस