घटाएर बजेट ल्याउदै सुदूरपश्चिम सरकार

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट चालू वर्षभन्दा घटाएर ल्याउने तयारी गरेको छ।प्रदेश सरकारले आगामी आर्थिक वर्षमा २३ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको हो । संघीय सरकारको बजेटसमेत गरी २८ अर्ब सम्म पुग्ने आन्तरिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।प्रदेश सरकारका अर्थसचिव झलकराम अधिकारी भन्छन्,‘बजेटको सैद्धान्तिक पक्ष, मन्त्रालय तहको नीति तथा योजना र कार्यक्रम तयार भइसकेको छ। विनियोजन विधेयक, आर्थिक ऐन र मध्यकालिन खर्चको संरचना पनि तयार भइसकेको छ।’बजेट