थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालपछाडिको गेटमा २६ साउन २०८२ को बिहान सवारीसाधनहरूको हर्न बज्दै थियो। गन्तव्यमा पुग्न हतारिएका मानिस र ट्राफिकको होहल्लाले एकाबिहानैको वातावरण कोलाहलपूर्ण थियो। बिहान ७:४० बजे एकाएक त्यो लय टुट्यो। २९ वर्षीया रेफतबी अन्सारी त्यसबेला ६ महिनाकी गर्भवती थिइन्। अस्पताल पुगेकी अन्सारी दुई पुरुषसँग आमनेसामने भइन्। ती दुईजनाले पिएको […]