कारको ठक्करबाट एक भारतीयको मृत्यु‚ ट्राफिक प्रहरी घाइते

काठमाडौँ। काठमाडौँको केशरमहलस्थित सडकमा कारको ठक्करबाट एक भारतीयको मृत्यु भएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्। बा. प्र. ०१-०३० च २३४८ नम्बरको कारको ठक्करबाट घाइते हुनेमा एकजना ट्राफिक प्रहरी पनि छन्। कारचालक पनि घाइते भएका छन्। लैनचौरस्थित केशरमहलनजिकै सडकमा कारको ठक्करबाट ज्यान गुमाउनेमा सडककिनारमा पैदल हिँडिरहेका ३४ वर्षीय भारतीय शेख साकिर रहेको प्रहरीले जनाएको छ। […]