नबिल बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।