काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले वामपन्थी शक्तिबीचको एकता अभियानले देशको राजनीतिमा नयाँ तरंग पैदा गरेको बताएका छन्। राष्ट्रिय सभागृहमा बुधबार आयोजित भीमबहादुर रावलको समूहलाई पार्टीमा स्वागत गर्ने कार्यक्रममा नेपालले यसबाट आत्तिएका केही शक्तिको ‘होस-हवास’ नै गुमेको टिप्पणी गरे। “यो एकताको अभियानले नेपालको राजनीतिमा तरंग पैदा गरेको छ। कम्युनिस्ट आन्दोलनका कतिपय घटकहरूको त सातो […]