त्रिशक्ति सिमेन्ट उद्योग प्रालि डिल्लीबजार, काठमाडौँले उद्योग स्थापनाका लागि खरिद गरेको हदबन्दीभन्दा बढीको जग्गा फुकुवा गरी बिक्री गर्न अनुमति दिँदा तत्कालीन मन्त्रिपरिषद्ले गरेको निर्णय शंकाको घेरामा परेको छ। मन्त्रिपरिषद्को निर्णयबारे अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान सुरु गरेको छ। अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेल त्रिशक्तिले बेचेको जग्गाबारे विस्तृत अनुसन्धान अघि बढेको जनाउँछन्। भन्छन्, “यो प्रकरण […]