नेशनल लाइफ इन्स्योरेन्सद्वारा सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी प्रदेशका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्दै सिईओ क्लब सदस्य सम्मान कार्यक्रम पोखरास्थित होटल वाटरफ्रन्टमा सम्पन्न गरेको छ। कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न भएको हो। आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन लक्ष्य पूरा गरी गण्डकी प्रदेशबाट योग्य ठहरिएका २२० जना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख […]