एनपीएलमा जनकपुरको पहिलो जित

काठमाडौँ। माज सदाकत र अनिलकुमार साहको अर्धशतकीय पारीसँगै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ। योसँगै जनकपुरले प्लेअफको सम्भावनालाई कायमै राखेको छ। मंगलबार सम्पन्न आफ्नो पाँचौँ खेलमा जनकपुरलले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो। चितवनले दिएको १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १७.३ ओभरमा चार विकेट गुमाउँदै १८० रन बनायो। […]