काठमाडौं – आन्तरिक तथा वाह्य उडान अवरुद्ध भएको त्रिभुवन अन्तराराष्ट्रिय विमानस्थलमा अहिले नियमित उडान सञ्चालन भएको छ । विमानस्थल आसपासका क्षेत्रमा पूर्वराजाका सर्मथकहरूले सवारीसाधन, कार्यालयलगायत भौतिक संरचनामा आगजनी गरेकाले अवरुद्ध बनेको विमानस्थलको उडान अहिले सञ्चालन भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । उनले भने, “आगजनीका कारण उडान अवतरण करिब ४५ मिनेट अवरुद्ध भएको थियो […]