काठमाडौँ, २६ भदौ । भोटेकोशी बाढीका कारण रु ६७ अर्ब ८७ करोडबराबरको क्षति भएको छ । त्यसको पुनरुत्थानका लागि रु एक खर्ब तीन अर्ब ५४ करोड आवश्यक पर्ने आकलन गरिएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्याङ्कन (आरडिएनए) प्रतिवेदन’मा बाढीका कारण सात […]
राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित कार्यशालाबाट पाठ्यभार घटाउनुपर्ने, शिक्षालाई रोजगार तथा उद्यमशीलतामुखी बनाउनुपर्ने र नयाँ प्रविधिसहित कृत्रिम बौद्धिकता (एआई) लाई पाठ्यक्रममा समेट्नुपर्ने सुझाव प्राप्त भएका छन्।
तुलसीपुर (दाङ), २६ भदौ । दाङको टरिगाउँ विमानस्थलमा डेढ महिनापछि जहाज अवतरण गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत प्रदीप भुसालका अनुसार बिहीबार डेढ महिनापछि विमानस्थलमा जहाज अवतरण गरेको हो । नेपाल एयरलाइन्सको १९ सिटे जहाजमा बिहीबार काठमाडौंँबाट आठ जना र दाङबाट चार यात्रुले सेवा लिएका थिए । मौसमका कारण अनियमित भएको दाङ–काठमाडौँ […]
सुनसरी, २६ भदौ । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्निर्माणका लागि नेपाली मुस्लिम समाज सुनसरीले रु ६२ लाख ४५ हजार ४९ सहयोग गरेको छ । सुनसरीका विभिन्न मुस्लिम बस्ती, मदरसा, मस्जिद, गैरसरकारी संस्था, निजी विद्यालय, व्यावसायिक सङ्घसंस्था तथा व्यक्तिगत तहबाट उक्त रकम सङ्कलन गरिएको नेपाली मुस्लिम समाज सुनसरीका उपाध्यक्ष हैदर अलीले जानकारी दिए । […]