लगातार ३ दिन घटेको शेयर बजारमा यी कम्पनीका लगानीकर्ता भए मालामाल

धितोपत्र बजारमा बुधबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८२ अङ्कले घटेर २ हजार ५९८.८९ विन्दुमा पुगेको हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०२ अङ्कले घटेर ४६४.६३ विन्दुमा पुगेको छ। फ्लोट सूचक ०.४३ अङ्कले घटेर १७९.०२ तथा सेन्सेटिभ फ्लोट सूचक ०.६५ अङ्कले घटेर १५६.७८ विन्दुमा पुगेको छ। […]