ठूला जमघटमा गर्मीका कारण हुने स्वास्थ्य जोखिम रोक्न डब्लूएचओको नयाँ निर्देशिका

डब्लूएचओका अनुसार ठूला कार्यक्रमका सहभागी, दर्शक, स्वयंसेवक तथा कर्मचारीमा गर्मीका कारण हुने स्वास्थ्य समस्या पछिल्लो समय महत्वपूर्ण जनस्वास्थ्य र व्यवस्थापकीय जोखिम बन्दै गएको छ। समयमै जोखिम पहिचान, तयारी र उपचारको व्यवस्था गर्न सके यस्ता अधिकांश समस्या कार्यक्रमस्थलमै रोकथाम तथा उपचार गर्न सकिने डब्लूएचओले जनाएको छ।