नेपाल एयरलाइन्सले जुम्लामा सोमबार दुई वटा उडान गर्ने सहमति जनाएपछि जुम्लास्थित यसको कार्यालयमा लगाइएको ताला खोलिएको छ । दुई हप्तादेखि नियमित उडान हुन नसकेको र आइतबारको उडान अन्तिम समयमा रद्द भएपछि आक्रोशित यात्रुहरूले कार्यालयमा ताला लगाएका थिए । यसअघि नेपाल पत्रकार महासंघको अगुवाइमा जिल्ला प्रशासन कार्यालयमा नेपाल एयरलाइन्ससहित सिता, समिट र तारा एयरको नियमित उडान […]