समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको टुंगो लगाउन भइरहेको पार्टीभित्रको रस्साकस्सीबारे सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रोस पोखेका छन् । समानुपातिकतर्फ जम्मा ४ सांसद पक्कापक्की गरेको यो दलभित्र आकांक्षी धेरै भएपछि साम्पाङले आक्रोश पोखेका हुन् । उनले अबदेखि समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने चेतावनी दिएका छन् । […]