गैरीगाउँको सुकुम्बासी बस्तीमा डोजर, यस्तो देखियो ड्रोनबाट (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिका–९ अन्तर्गत गैरीगाउँस्थित सुकुम्बासी बस्ती हटाउने अभियान जारी छ।   प्रहरीका अनुसार रात नपरेसम्म भत्काउने काम जारी रहने छ । यदि आजै सम्पन्न हुन नसके बाँकी काम भोलि पुनः सुरु गरिने बताइएको छ। आज बिहानदेखि राजधानीको थापाथली, गैरीगाउँ सिनामंगल क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर चलेको छ ।