नेकपा एमाले नेतृत्वमा रहेको कोशी प्रदेश सरकारमा सहभागी हुनुअघि नेपाली कांग्रेस कोशी संसदीय दलमा ठूलो रस्साकस्सी चलेको थियो। त्यसअघि मुख्यमन्त्री बनिसकेका संसदीय दलका नेता उद्धव थापा र केदार कार्कीबाहेक बहुसंख्यक कांग्रेस सांसद मन्त्री बन्ने दौडमा थिए। २०८१ असार १७ मा नेपाली कांग्रेस र नेकपा एमालेबीच काठमाडौंमा सात बुँदे सहमति भए लगत्तै विराटनगरको कांग्रेस...