बदलिएका विद्यालय

चितवन। झन्डै एक दशकअघिको कुरा हो। भरतपुर महानगरपालिका-५ गुलाफबागमा रहेको भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयलाई नजिकैको अर्को विद्यालयसँग ‘गाभ्नू’ भनेर एकाएक पत्र आयो। विद्यार्थी संख्या न्यून र शैक्षिक गुणस्तर पनि अत्यन्तै नाजुक भएकाले जिल्ला शिक्षा कार्यालयले ‘मर्जर’ का लागि पत्र पठाएको थियो। हुन पनि त्यतिबेला नर्सरी कक्षामा १६ र कक्षा १ देखि ५ सम्म ३५ जना […]