काठमाडौँ। प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। प्रधान कार्यालयले बुधबार राति असोज १ गतेबाट लागू हुने गरी एसपी सरुवा गरेको हो। यो सरुवामा कतिपय जिल्ला प्रहरी प्रमुखहरू फेरिएका छन्। पर्साका एसपी गौतम मिश्रको सरुवा भएको छ। त्यहाँ सुदीपराज पाठकको सरुवा गरिएको छ। मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाको सरुवा भएको छ। […]