एमालेले विधान हेरफेर नगर्ने : १५ पदाधिकारी र २५१ जनाको केन्द्रीय कमिटी यथावत राखेर महाधिवेशन

काठमाडौं- नेकपा एमालेले भदौ २० देखि २२ गतेसम्म भएको दोस्रो विधान महाधिवेशनबाट पारित निर्णयअनुसार नै केन्द्रीय कमिटी चयन गर्ने भएको छ। शुक्रबार केन्द्रीय कार्यालय च्यासलमा बसेको पौने पाँच घण्टा लामो सचिवालय बैठकले यस्तो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् । ज्ञवालीका अनुसार महाधिवेशनमा नयाँ नेतृत्वको निर्वाचनका लागि विद्युतीय मेशिन प्रयोग गरिने बताएका छन् । […]